थोत्रो राजतन्त्र किन ?


2025-03-11 04:20:10

News Image

कुमार लघु ,ख्वप

भाइ बहिनीहरू शुभ विहानी नमस्कार , आज मंगलवार सबैको मंगल होस् । सबैले खान पिउँन पाआेस्। शिक्षा दीक्षा प्राप्त गर्ने अवसर जुरोस् । सुस्वास्थको कामना छ । सबैले प्रगति गर्न काेशिश गराेस्। कसैले निरास भावना मनमा लिन नपराेस् । हात बाधेर नवस्नुस् । विहना अलि शारिरीक अभ्यास गर्नोस् । लेख पढ् घरको कामकाजमा सघाउनुस् । केही व्यापार व्यवसाय पनि गर्नोस् । प्रस्न आउँछ । दिमाग परिचालन गर्नुस् । व्यापार गर्दा नआेलाउने चिजविजको किन वेच गर्नुस् । व्यसाय खोल्नुस् । कतै सरसामानकाे है । यो संसारमा व्यापार गर्ने मात्र अगाडि छ है। यो भयो पेसा गर्ने सम्बधमा ठिक छ यो सोच्ने वेला विध्यार्थी जीवन मै हाे। अब यता म राजनीतिमा तपाईहरूकाे ध्यान आकर्षण गर्न चहान्छु। २०३६ सालमा मै राजा फाल्न आन्दाेलन थालेको हामीलाई थाहा थियो । यसैको क्रममा बहुदल छान्ने कि निर्दल छान्ने भनेर राजाको तर्फवाट व्यवस्था छान्ने जनतालाई माैका आयो । शत्ताधारिहरूले पासा फाले । जनताले संघर्ष गरेर आएको चुनावमा आफ्नो अधिकार उपयोग गरे । शत्ताधारीहरूले चुनावमा झेलि गरेर निर्दललाई बहुमत आएको दावा गरि निर्दललाई कायम गरे । त्यति वेला पंञ्चायत व्यवस्था थाम्याे । राजा त्यतिवेला पनि थामेको थियो । फेरि ०४६/४७ सालमा बलियो आन्दाेलन गरे , आन्दाेलनले जनताको बलले राजावादीहरू पासाको गोटी फेरि फाले बहुदलको घोषणा गरेर नेता कार्यकर्ता र जनतालाई छल्याे । राज्यशत्ता राजाकै हातमा रहयो । जनतालाई दमन शोषण देशको कुनाकुनामा कायम नै थियो । दलहरू दल खोलेर आ-आफ्नो स्वार्थमा लाग्याे । चुनाववाट दलहरूले बहुमत ल्याएर संसद कव्जा दलले गरे । जनतालाई लोपा ख्वाउँदै वर्तमानको गठवन्धनको दलले पालो पालो गर्दै शासन शात्तामा रमायो। शत्तामा झुण्डिएर आआफ्ना स्वार्थ पूर्ति गरिरह्यो । यो मैले सरर्सर्ति मात्र भाइ बहिनीहरूलाई जानकारी गरेको छु। तथ्यगत तिथीमितीहरू अलि गहिरिएर लेख्नु पर्ने हाे । हालको समय र परिस्थितीसम्ममा आउनलाई धेरै क्रान्तिकारी जनताको छोरछोरीकाे ज्यानको बलिदानको कुराे गरेर साध्य छैन् । धेरैकाे जीवन लिला समाप्त पा-र्यो । जेलनेल नेता कार्यकर्ता र समर्थकको समय बर्बाद प-र्यो। पंचायत सरकारले अकालमा ज्यानलियो । सान‌ वेलैमा उद्देश्य राख्ने हो । राजा सामान्त वर्गवाट आएको हुन्छ । जनतालाई मिठाे र चिलो शव्दले घसेको हुन्छ । राजाहरू जनताको निम्ति चिप्लाे शव्दले घसेर जनतालाई माया गरेको कुरामा सोझाे जनता विश्र्वास गर्छन् । राजा र राज्यशत्ताले कहिले जनताको निम्ति बाेलको कुरा पूरा भएको छैन् । खालि आश्र्वाशनमै अडाएको हुन्छ। वर्तमानमा राजाको आवश्यकता छैन् । राजा र राजपरिवारको कदमको समय ०४७, ०६२/०६३ सालमै समाप्त भएकाे जनतालाई थाहा छ । अब दलले नै जनताको नेतृत्व गरेकाे छ । दलले सक्रिए भूमिका निभाउन नसकेकोले मात्र जनता रिसाएर पुरानै कपडा लाउँछु भनेर नेताहरूलाई सेखि देखाएको हाे । यो कुनै जनताको लहर होईन् । वुध्दिमान राजनेताहरू नेपालमा छन् जनताले चिन्ह सकेको छैन् । अहिलेका कति नेताहरू स्वार्थमा लागेकोले हो। स्वार्थी नेताहरूलाई पनि जनताले चिन्ह सकेकाे छैन् । राजा आवश्यक छैन् । जनताले समय खेर फालेको र नेताहरूको विरोध स्वरूप यो असंन्तोष हो । अन्तमा यो लघुकथा पढेर शेयर पनि गर्नु हाेला । इतिहास पढ्ने वानी बसालाै भन्दै विदा हुन्छु । धन्यवाद, २०८१/११/२७ गते

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *