सकियो बासु माविको ६३ औं वार्षिकोत्सव ः उत्कृष्टहरु पुरस्कृत
फाल्गुन २६, २०८१, सोमबार | दिउँसो १२:५७ बजे | 160
भक्तपुर । बासु मावि कालिघाट व्यासी २ भक्तपुरको ६३ औं वार्षिकोत्सव समारोह २०८१ पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रम सोमबार स्कुलमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छें रोहितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं २ व्यासीको वडा अध्यक्ष हरिप्रसाद बासुकलाले गरेका थिए ।
कार्यक्रममा नेमकिपाका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका सांसद् सृजना सैंजू, नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापति, सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुई, प्रधानाध्यापक रविलाल प्रधानलगायतका अतिथि रहेका थिए । साथै पूर्व प्रधानाध्यापक बालमुकुन्द बासकुला, नगर शिक्षा शाखा प्रमुख साधुराम फुयाँंल, नेमकिपा भनपा २ एकाई समितिका अध्यक्ष रत्नकाजी नायभारीलगायतका अतिथिहरु रहेका थिए ।
कार्यक्रममा स्वागत बार्षिकउत्सव कार्यक्रम संयोजक विष्णुप्रसाद दुमरुले गरेका थिए । साथै मावि इन्चार्ज रामुकमार निरौलाले मन्तव्य राखेका थिए । कार्यक्रममा बासु बुलेटिनको पनि विमोचन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँंस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । साथै उत्कृष्टहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।