एकताको बल देखाउने वेला
फाल्गुन २६, २०८१, सोमबार | विहान ०६:५२ बजे | 45
कुमार लघु ,ख्वप
भाइबहिनीहरू नमस्कार , नेपालीहरू अनेकतामा एकताले नै ठूलो बल हो । वर्तमानमा वेमेल होईन् सबैमा मेल हुनुपर्छ । थोपाथपा मिलेर कुवा,पाेखरी,ताल, दह नदी समुन्द्र सागर वन्छ । हो नेपालीहरू पनि पानी झै मिलेर वग्न सक्नु पर्छ । पानी मानवलाई नभई हुन्न । नेपाल विकास र स्थाई राजनीतिको निम्ति नेपाली एक भई लाग्नु पर्छ अनि मात्र देश बन्छ। फूट्ले देश र जनताले दु:ख मात्र पाईछ। यहाँ देश खाएर शेष बाकी भएकाहरू सधैँ भरि अगाडि छन् । देशभक्तहरू अगाडि आउनु पर्छ । देशभक्त शव्दमा डुबुल्कि मार्न र पसेर अध्ययन हुनुपर्छ । यो शब्द गहण छ । भाइ बहिनीहरू देशलाई कुसस्कारमा जाकन् दिएर जनतालाई र देशलाई जेल वनाई शास्ना दिएका तत्वहरूले अहिले लुचा लफंगाहरू वटुलेर सडक तताउन थाले । अब यहाँ गणतन्त्रवादीहरू र देशभक्तहरू जुर्मुराउनु पर्ने वेला हो । किन कि गणतन्त्रवादीहरूले समाजवादी वन्दाेवस्तको लागि उठ्नु छ। यो वेला बहुदललाई निमोठ्नेहरू सलवलाउन थालेकाछन् । कहि पनि उन्नत्ति गर्नलाई फर्किने होईन अगाडि वढ्ने हो । अहिले गणतन्त्रलाई मजवूट गरेर अगडि वढ्नुको विकल्प छैन् । पुरातनवादीहरू खाई पिई मातेर सडकमा आेईरिएकाछन् । हामी स साना विध्यार्थीहरूले युवा जगतले इतिहास पढ्नु पर्छ । वर्तमानमा तुलना गर्ने गर्नु पर्छ। सडकमा हुलदंगा गर्नेहरूलाई नियालाै । पहिले कस्ता थिए । अहिले कुन कुरालाई बोकेर नेपाली जनमानस तताए । गणतन्त्र ल्याउन कति जनताका छोराछोरीहरूले आहुती दियो ? यी आउरे बाउरेहरूसित हिसाब किताब जनताले माग्न छोड्नु हुन्दैन् । नेपाली जनतालाई मार्ने कुट्ने थुने जेलनेलमा थुनेर रमाएकाहरू हुन्न । अहिलेका अगुवा नेता को हुन कुन स्तरवाट आए पहिले किन जनताले खेडे यस्ता कुरामा आन्दाेलनकारीहरूले विचार पु-र्याउनु पर्छ । आन्दाेलन भयो परिवर्तनको बाहक हो भनी अन्धो समर्थन गर्नु हुन्दैन् । है अहिले आजलाई यही विश्राम लिन चाहे । यो लघुकथा पढ्नुस् विचार गर्नुस् नेपालको वर्तमान परिस्थिती के छ ,कहाँ छ, कतातिर बगेको छ अनुमान गर्न सकिन्छ । धन्यवाद , २०८१/११/२६