लोमश वाङ्मय प्रतिष्ठानको छैठौं श्रृङ्खला लघुकथा विशेष कार्यक्रम सम्पन्न


फाल्गुन २५, २०८१, आइतबार | विहान ०६:१३ बजे | 40


लोमश वाङ्मय प्रतिष्ठानको छैठौं श्रृङ्खला लघुकथा विशेष कार्यक्रम सम्पन्न

जयराम बिडारी

फागुन २४

काठमाण्डौ लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौंथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम प्रतिष्ठान स्थापनाको अर्धवार्षिक समय अर्थात छैठौं श्रृङ्खला लघुकथा विशेष कार्यक्रमका साथै रेणु अधिकारी ‘मौनता’कृत कविता संग्रह ‘अस्तित्वको खोजी’ परिचर्चा गरी सम्पन्न गरिएको छ । राजधानीस्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षतामा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिषठानका सदस्य सचिव धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा विशेष अतिथि कृतिका परिचर्चाकार तथा वक्ता डा. कौशिला रिसाल,कृतिकार रेणु अधिकारी ‘मौनता त्यसैगरी प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजका कोअर्डिनेटर गोकर्ण ढकाल, सेवा निवृत्त शिक्षक समाज, लमजुङका अध्यक्ष खुसीराम डौलिया,बहुविधाका सर्जक अमर किर्तिमानी रामचन्द्र न्यौपाने ‘वनवासी’को आतिथ्यमा सम्पन्न गरियो । उक्त कार्यक्रममा सम्पूर्ण अभ्यागत हरुलाई प्रतिष्ठानकी सदस्य कमला घिमिरे अधिकारीद्वारा स्वागत गरिएको थियो भने प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा रेणु अधिकारी ‘मौनता’द्वारा लिखित कविता संग्रह ‘अस्तित्वको खोजी’ माथी परिचर्चाकारको भूमिकामा रहेकी डा. कौशिला रिसालद्वारा विहङ्गम परिचर्चा गरिएको थियो । परिचर्चाका क्रममा डा.रिसालले ७० को दशक देखि कविता लेखेर साहित्यिक क्षेत्रमा पदार्पण गरेकी मौनताका दुई कविता कृति प्रकाशित भसकेकोमा खुशी व्यक्त गरिन् । उनका कविता कृतिको अध्ययनका क्रममा मानवीय अस्तित्वको खोजी प्रकृति प्रेम, आत्मिक चिन्तनका बलियो पक्षलाई प्रस्तुत गरिएको पाइन्छ भन्दै सरल भाषा शैलीमा बिम्ब र प्रतिकको मात्रात्मक प्रयोगले कृतिलाई सिङ्गारिएको बताइन् । उनले रेणु अधिकारी ‘मौनताका’को कविताले लैंगिक विभेदतामा समदृष्टि पक्षलाई बलियो रुपमा उजागर गरिएको , मानवीय कर्म सक्रिय जीवनशैली र सार्थक उपलब्धिलाई आदर्शका रुपमा प्रस्तुत गरिएको कविता रहेको पाइन्छन् । उनको सृजनात्मक लेखनकर्मको निरन्तरताले आगामी दिन समुज्वल बनोस् भनि शुभकामना समेत व्यक्त गरिएको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्थापनाको छोटो समयमै लोमश वाङ्मय प्रतिष्ठानको साहित्यिक सक्रियता अत्यन्त लोकप्रिय रहेको बताए । सोहीक्रममा राष्ट्रिय महिला आयोगका सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले अन्तर्राष्ट्रीय नारी दिवस सुरु हुनु पूर्व नै नेपालको भोजपुरमा जन्मिएकी योगमायाले चेतनाको चिराग जलाएको उल्लेख गर्दै त्यस्ता महानतम् विभूतिको नाममा विश्वविद्यालय निर्माण गर्न सरकारले पहल गर्नुपर्ने जनाउँदै लोमश जस्ता संस्थाले साहित्यिक उन्नयनका लागि गरिरहेको योगदान प्रशंसनीय रहेको जनाइन । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईद्वारा कार्यक्रमलाई सम्बोधन गर्दै ‘बाङमय उन्नयनको साझा चौपारी’को सार्थक प्रयासको समानान्तर उपलब्धिका रुपमा लोमश वाङ्मय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वय भाषा कला साहित्य र संस्कृतिको क्षेत्रमा साथै रहेको सन्देशका रुपमा यो संस्थाको स्थापनाका समय देखिनै साथै रहेको बताए । उनले सिर्जनशील कर्ममा सक्रिय रहेका सर्जकहरुले कहिल्यै पनि देशका लागि गद्दारी नगर्ने जनाउँदै सुशासनको प्रत्याभूत दिन जिम्मा लिएकाहरुले गीत,कथा कविता जस्ता सिर्जनात्मक क्षेत्रमा सक्रिय रहनुपर्ने औंल्याउँदै कम्तिमा साहित्यको अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले लोमशको सार्थक प्रयासको प्रशंसा समेत गरे । उक्त अवसरमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले लोमश वाङ्मय प्रतिष्ठानको सराहनीय कर्मको मुक्त कण्ठले प्रशंसा गर्दै अन्तरराष्ट्रिय नारी दिवसको शुभकामना दिएका थिए । लघुकथा विशेष कार्यक्रममा हाम्रो लघुकथा केन्द्रले तयार पारेको लघुकथाको इतिहास बोकेको गित बजाएर कार्यक्रममा रौनकता प्रदान गरिएको थियो । सो अवसरमा मिशु श्रेष्ठ ,मन्दिरा मधुश्री, अम्बिका धिताल र एन्जेल निलुद्वारा आ- आफ्ना लघुकथा वाचन गरिएको थियो भने थुप्रै साहित्यानुरागी हरुले महिला हरुकै विषयमा केन्द्रित रहेर आआफ्ना रचना वाचन गरेका थिए । सो समारोहमा संस्थाका आजिवन सदस्यहरु डा. जगदीश्वर पोखरेल डा.शेखरकुमार श्रेष्ठ,केशरी अम्गाईं, दिल पौडेल,सुजित अविरल,खेमराज पोखरेल,राजेन्द्रमान डङ्गोल,आलोक चालिसे,रेणु अधिकारी ‘मौनता’ जयराम बिडारी,रुबि सत्याल, अल्का मल्ल, रामप्रसाद सापकोटा,सञ्जय सोती,हरि घिमिरे,सिरजन लम्साल,ममिला पौडेल ‘आस्था’ प्रज्ञा घिमिरे,खुशिराम डौलिया र देवराज सिंखडालाई प्रमाण-पत्र प्रदान गरिएको थियो । सत्या अधिकारीद्वारा सहजीकरण गरेको उक्त सभ्य एवम् भव्य रुपमा सम्पन्न गरिएको थियो भने कार्यक्रमलाई अध्यक्षको अनुमतिले उनैले समापन भएको घोषणा गरिन्

Comments