फेसबुक र म


फाल्गुन २५, २०८१, आइतबार | विहान ०६:०४ बजे | 35


फेसबुक र म

 प्रकाशप्रसाद उपाध्याय,
लेखक तथा वरिष्ठ सञ्चारकर्मी
फेसबुक
अचेल संवाद सञ्जालको युग छ । सूचना प्रौद्योगिकीको क्रान्तिकारी योगदानको फलस्वरूप हात–हातमा हुने मोबाइलले विश्वभरिका मानिसहरूलाई एकार्काको नजिक पु¥याएको मात्र छैन कि विभिन्न विधाका जानकारहरूद्वारा राखिने अनेक किसिमका सामग्रीहरूबाट लाभ प्राप्त गर्ने अवसर पनि दिने गरेको छ । जस्तै पाक विधाका जानकारहरूले नयाँ नयाँ किसिमका पकवानको सम्बन्धमा जानकारी दिने गरेका छन् त स्वास्थ्यसम्बन्धी क्षेत्रका जानकारहरूले स्वास्थ्यको सम्बन्धमा । अर्थात गीत–संगीत, मनोरञ्जन प्रदान गर्ने चुटकिलादेखि लिएर गीत–संगीत, साहित्य, राजनीति, कला र विज्ञानको क्षेत्र पनि यसले ओगटको पाइन्छ । देशका कुनाकाप्चा वा समुद्रपारि बस्ने आफन्त एवम् मित्रजनसित निकटतम रूपमा सम्पर्कमा बस्न पनि संवाद सञ्जालले मानव जातिलाई पु¥याएको सघाउ त अवर्णनीय नै छ । यसो हुँदा म पनि एक सदस्यको रूपमा यससित जोरिन पुगेँ र यसरी कहिले विभिन्न कुराको जानकारी त कहिले मनोरञ्जनका सामग्रीको स्वाद पाउन थालेंं ।
डा. इन्दुल केसी र संगीत
एक दिनको कुरा हो, फेस बुक नामक यस जीवको एक शाखाको निरीक्षण गर्ने विचार भयो । मोबाइल खोलें । एउटा चिरपरिचित अनुहार देखा प¥यो । त्यो अनुहार थियो भक्तपुरनिवासी बहुआयामिक व्यक्तित्वका धनी डाक्टर इन्दुल केसीको । अनुहार परिचित भएपछि उत्सुकता बढ्यो । झन उनीलाई आपूmअगाडि रहेको हार्मोनियममा औला घुमाइरहेको देख्दा उनको संगीत साधना हेर्ने र त्यसबाट प्रवाहित हुने पावन शब्दावली र मधुर रस चाख्ने मन ग¥यो । किनभभने गीत–संगीतबाट अनेक किसिमका रस निस्कने गर्दछन् । यद्यपि साधकले आपूm अगाडि बस्नेलाई प्रेम रसमा डुबाउने हो  वा श्रृङ्गार रसको आनन्द प्रदान गर्ने हो वा भक्तिरस वा विरहको अनुभव गराउने हो, उसको सामुन्ने बस्नेलाई केही थाहा हुँदैन । यसो हुँदा साधक र वाद्ययन्त्रको दृश्यबाट आकर्षित भर्इृ त्यसबाट बग्ने रसको धारा चाख्ने सुरले क्लिक गरें । उनीसामु बसेका उद्घोषकले उनीसित  भजन सुनाउन भने । एउटा पोस्टमा उनले जयदेवद्वारा रचिएका राधा र कृष्णको पे्रम लीलाको गीत सुनाए भने अर्कोमा भारतका सन्तकवि कबीरदासको दोहा ।
धर्म निरपेक्ष सन्त कविर
भजनको रूपमा कबिरको  दोहा सुन्न पाउँदा रमाइलो लाग्यो । र यसले यस लेखकलाई आफ्ना युवावस्थाका दिनहरूतर्फ लैजाने काम पनि ग¥यो । अल इण्डिया रेडियोको आफ्नो सेवाकालका ती दिनहरूमा यस लेखकले कार्यक्रम प्रस्तोताका रूपमा कबिरका दोहालाई बजाउने अनेक अवसर पाएको थियो भने कलेजका दिनमा भारतका तीन सन्तकवि तुलसीदास, सुरदास र कबिरदासरचित भजन र दोहा आदि पढ्ने र जाँचको निम्ति घोक्नुपर्ने स्थितिको सामना गर्नु परेको पनि सम्झना गरायो । ‘कबिरा बिच बजार में मागे सबकी खैर, ना कोहु से दोस्ती ना कोहु से बैर’ । कबिरको यस दोहाले यस लेखकको जीवनलाई एउटा दिशा दिनमा पनि ठुलो सघाउ पु¥यायो । बनारस यात्राकालमा बसेको कबीर चौरामा त उनको मन्दिर नै रहेको पाएँ । गंगाको तटमा जन्म पाएका र एउटा जुलाहाको परिवारमा हुर्केका कबिर भारतका प्रथम धर्मनिरपेक्ष सन्त कहलाए ।
मुस्लिम सम्प्रदायका भए पनि उनले मुस्लिम सम्प्रदायमा विद्यमान अनेक कुराहरूमाथि त्यत्तिकै कटाक्ष गरे जति हिन्दू सम्प्रदायमा विद्यमान कुरीति आदिको । तर कसैले उनको विरोध गरेन । बरु उनको मृत्यु हुँदा, भनिन्छ,  एकातिर हिन्दू त अर्कोतिर मुसलमानहरू उनको मृत शरीरको अन्तिम संस्कारका लागि लैजान तँछाड त मछाड गर्न थाले । आफ्ना दोहाका कारण कबिर आजपर्यन्त सम्मानका पात्र बनेका छन् र अनेक छात्रहरूका निम्ति शोधको विषय बनेका छन् । उनका विभिन्न खालका दोहामा एउटा दोहा यस प्रकार पनि छ – पोथी पढि़ पढि़ जग मुआ पण्डित भया न कोय, ढाई आखर प्रेमका पढेÞ सो पण्डित होय ।।
आखिरमा
आफ्नो मधुर स्वरमा गायक डा. इन्दुल केसीले कबिरको दोहाभित्र रहेको भक्तिरसबाट श्रोतालाई आनन्दित तुल्याउनमा कुनै कसर छाडेनन् । आनन्दित महसुस गर्दै मोबाइलको अर्को विधातफ पुग्न औंला चलाउँदै गर्दा सोच आयो कि यस गायनको सम्बन्धमा म पनि औंलो चलाई हेरुँ त  । अनि मोबाइल बन्द गरी ल्यापटपमा म पनि डा. केसीले हार्मोनियममा औला चलाएसरह औंलो चलाउन बसें, जसको प्रारूप अहिले तपाईहरू सामु छ ।
शुभम् ।

.........................
 

Comments