सकियो एभरेस्ट भक्तपुर स्कुलको १५ औं ओपन डे 


फाल्गुन २५, २०८१, आइतबार | विहान ०५:०८ बजे | 40


सकियो एभरेस्ट भक्तपुर स्कुलको १५ औं ओपन डे 

भक्तपुर । एभरेस्ट भक्तपुर स्कुल मिवाछें व्यासी भक्तपुरको १५ औ ओपन डे २०८१ भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा ससाना नानीहरुले विभिन्न प्रस्तुतिहरु गरेका थिए । उनीहरुले गीत, नृत्य, म्युजिक ड्रामा, पपेड शो, उशु प्रदर्शनीलगायतका देखाएका थिए । नानीहरुले पानी मुनि माछा.., आमा आउनुस बाबा आउनुस..., निलो आकाशमा .., शुभ विहानी सवैलाई..लगायतका बोलहरुमा गीत, नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा झण्डै एक हजार विद्यार्थीहरु गीत, नृत्यलगायतका विभिन्न गतिविधिहरु गरेर आआफनो प्रतिभा प्रस्तफुट गरेका थिए । 
कार्यक्रमको उदघाटन गर्दै भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सक्षम स्थानीय निकायलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने विचार राखे । विश्वविद्यालय सञ्चालन गर्नका लागि आवश्यक मापदण्ड पूरा भए महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँंपालिकाहरुलाई पनि विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने माग उनको थियो । 
बासुकलाले एउटा स्थानीय निकायलाई विश्वविद्यालय सञ्चालन गर्न दिएमा अर्काे स्थानीय निकायले पनि विश्वविद्यालय सञ्चालन गर्न माग गरे के गर्ने भन्ने प्रश्न गर्नु अन्ततः समक्ष पालिकाहरुलाई पनि विश्वविद्यालय सञ्चालन गर्न नदिने षडयन्त्र भएको बताए । भक्तपुर नगरपालिकाले वर्षौदेखि ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि माग गरिरहेको स्मरण गर्दै उनले समक्ष हुँंदाहुँदै पनि विश्वविद्यालय सञ्चालन गर्न रोक्नु कुनै अर्थमा पनि उपयुक्त नभएको बताए ।ं 
कार्यक्रममा आयोजक स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य  राजभण्डारी, एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, अभिभावकहरुकोतर्फबाट रुपकेशरी उलक कर्माचार्यलगायतले शिक्षाका विभिद् विषयमा चर्चा गरेका थिए । 
 

Comments