भक्तपुरमा गरियो नारीको विषयमा कविता गोष्ठी
फाल्गुन २४, २०८१, शनिबार | विहान ०९:२१ बजे | 70
भक्तपुर । चाँंगुनारायण साहित्य समाजको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित पाथीभरा एकेडेमीको सभाकक्षमा कवि गोष्ठी सम्पन्न भएको छ । नारी दिवसको अवसरमा भएको गोष्ठी तीन घण्टा चलेको थियो ।
कार्यक्रमको सभापति आयोजक चाँंगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेलले गरेका थिए । गोष्ठीमा नारी सम्वन्धी कविताहरु वाचन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि डा इन्दुल केसी रहेका थिए । गोष्ठीमा भक्तपुर, काठमाडौंलगायतका विभिन्न ठाउँंहरुका झण्डै ३० जना साहित्यिक व्यक्तित्वहरुले नारी सम्वन्धी आआफना कविताहरु वाचन गरेक थिए ।
अन्तमा प्रमुख अतिथि डा इन्दुल केसीले नेपालमा नारीहरुको स्थिति, संख्या र संसदमा ३३ प्रतिशतको सहभागितामा मात्रै रहेको बताए । साथै नारीहरुले कला, संस्कृति, शिक्षा तथा प्रशाशण क्षेत्रमा महत्वपूर्ण कार्यहरु गरिरहेको भए पनि नारीलाई हेय दृष्टिकोणले हेरिरहेको उनले बताए ।