अझै खुलेन भक्तपुर मालपोत
जेठ २५, २०७७, आइतबार | विहान ०७:२१ बजे | 50
भक्तपुर । जेठ २५ गते आइतबारदेखि देशभरका मालपोत कार्यालयहरु खुल्ने भने पनि भक्तपुर मालपोत अझै खुल्न सकेको छैन । जग्गा पासलगायतका जनताका काम सुरु नगरिएको हो ।
जेठ २५ गते आइतबार मालपोत कार्यालयमा सूचना टाँंसी जनताको काम सुचारु नभएको जनाएको हो । सूचनामा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि हाल जनताको काम नहुने जनाइएको छ । हाल कार्यालयको आन्तरिक प्रशाशन, जग्गाको न्यूनतम मूल्यांकन, मुआव्जा, तलब भता र अड्डा अदालतसँंग सम्वन्धित कार्यमात्रै सञ्चालन हुने भूमिसुधार तथा मालपोत कार्यालय कमलविनायक भक्तपुरले सूचना टाँंस गरी जनाएको छ ।