लघुकथा ः एक ताका


फाल्गुन २२, २०८१, बिहीबार | दिउँसो ०१:३७ बजे | 110


लघुकथा ः एक ताका

कुमार लघु, ख्वप
भाइबहिनीहरू नमस्कार 
आजभोलि समयमै केही गर्न सकेकोे छैन । अल्छी लाग्ने समय हो । दुईचार दिनमा औँला हलाउने कोशिश गरेको छु ।
म व्यासी भक्तपुरमा जन्मे हुर्के वढे । साथी भाइहरूले सकारात्मक वाटोमा पु–याउनु भयो । ठिकै छ, मेरा साथीहरूलाई धन्यवाद छ । कुनै वेला मानिसले राम्रो कार्यमा लागेको रहेछ । उसका सबै दिदीबहिनी भाइछोरा नातीहरू जनताको सेवा लागेको रहेछ । उसले अलिकति के आर्थिक रूपमा पनि जिउज्यानलाई दुख खपेर खान लाउनलाई निर्धक्क कामउँदै साथीहरूको जताततै संगतमा सेवा दिने भएछ । ल है सपरिवारका सदस्यहरू जनताको सेवामा लागेर ठाउँठाउँमा उसका भाइबहिनी नाति छोरीले जनतासित घुलमिल गरेको स्थानिय ठाउँका बाउरे बाउरेहरूले मन फापेन् । 
एकदिनको कुरा हो सेवामा लाग्दालाग्दै त्यो सेवक माथि चोटीलाई अपशव्दहरूको वाणले हान थालेको भेउ पाएछ । उ तुरून्त पछि हट्ने उ आफैले र भाइ परिवार छोरी दाइदिदिहरूसित छलफल गर्दै हात बाधेर वस्ने निर्णय गरेछ । त्यसले गर्दा स्थानिय ठाउँ र पोष्टहरूमा अज्ञात क्षेत्रवाट कुतनीति चलेको उसले भेउ माथी भेउ पाए छ क्यारे उसले चटकै हात वाँधेर वस्ने सुनिष्चित बाटो समाएछ । उ अहिले आनन्दले वसेको जनताले पाएछ। उसले कहिले काहीँ गुणासो पोखेको कतैवाट मेरो कानमा परेको छ । उति वेला उसकै साथीहरू पनि एउँटै कोठा एउँटै छलफल र निर्णयमा सही छाप गर्नेहरू र जेल जेल गुप्तवास गरेको वेलाका साथीहरूसित छलफल हुन्थो रे । दाइ आजकल कता व्यस्त कहिले काहीँ मात्र घाम झुलक्या जस्तो झुलकिन्छ भनेर पुरानाले सोधपूछ गरेक‍ो सुनाउथ्यो रे है । जहाँ जता पनि एउँटा मान्छले पनि धरै फरक पर्दाेरहेछ भनेर सबै गितमा र गुणासो गरेको छ अ रे है । 
त्यसै वेला पंञ्चे डाकाहरूलाई संगठनमा भित्राएकोले नै उसको मन मरेको थियो रे है भाइ बहिनीहरू । ल सुन आफूले उच्च ओहदा सम्हल्दाको क्षणको कुरो यसरी वेलि विस्तार गरेको थियो । कतै अगाडि नै ल्याउन नहुने व्यक्तिहरूलाई अगाडि ल्याएर कस्तो हलचल मचाएर वसेको मान्छेको अवसर नै गुमाई र पछि हटेर वसे कस्तो दुख भयो होला अन्दाज गर्न सकिने क्षती भयो होला ? 
    समयलाई बुझेर नै गरेको थियो रे है। समयमा चित नबुझाएको भए कहि कतै प्रहार हुन्थो भने अड्कल बाजी भएको कुरा एक पटक सुनेको छु रे एक जना दौतरीले आकूल झुकुल गफमा भनेको रे ल है वास्तविकता बुझ्न गहिरो अध्ययन हुनुपर्छ । यो व्यासीमा अहिले त राम्रै छ । सेवकहरू बढेकै छ ।  साथीहरू एक आपसमा पहिले कस्तो अहिले कस्तो ? जनताहरू कहि कतै दुखेसो गरेको त मलाई पनि थाहा छ । यहाँ संगठित होला एकता होला पकड वनाउला भनेर नि फूटको चलखेल गराउने गुण्डाहरू छन् रे । गुण्डा भने पछि नै नचाहिने काम गर्नेहरूको उप नाम नै गुण्डा हो । गुण्डाहरूवाट सबैले वचौँ । गुण्डाहरू पनि सोझो मिठो बोल्ने इमान्दार हुन्छ जनताले भेउ पाउन सक्ने खालको हुन्दैन् । अहिले उसले हात बाधेर कलकारखाना, व्यवसाय खेतीपाती गरि सरल जीवन अप्नाएको छ। उ अहिले खान लाउन नै धौ धौ भएको छ ल । सेवा गर्दा पहिला मेवा मिल्दैन् अहिले सेवाको साथमा मेवा पनि चाख्न पाउने समय हो। भन्छन् ! आश्चर्य लाग्छ । कतिका व्यापार व्यवसाय छैन् आनन्दले खान लाउन पाएकै छन् । उसका छोराछोरीहरू कलेज पढेका छन् संस्थामा काममा लागेकै छन्। त्यहीवाट नै थोरै आम्दानी थप्दै बसेको देखिन्छ । 
भाइ बहिनीहरू जहिले पनि आफूसित स्किल हुनु हुनुपर्छ । तिमी कतै गएपनि भोको पर्ने छैन् । केही दिन दुख होला । केही दिनमा काम जानेलाई अवसर त आउँछ नि है भाइ बहिनी । यो अभ्यास हो , बुझ्न कठिन होला । समय परिस्थितीलाई अध्ययन गरे अनि यो हालतको षडयन्त्रहरू थाहा पाउने छौ ।  एक ताका उ जिऊ ज्यानै दिएर लागेको व्यक्तिको गुणासोलाई यहाँ छटाछुल्ल पारेको हो । दौतरीहरूले पढेर अनुमान गर्ने अवसर लिनु होला । जुग विते छोरी मान्छे वुहारी भए होला,छोरा मान्छे बुबा वने होला । दुख कस्त त आफूले लिन दिने होईन अर्काले पो दिन्छ त्यसैले विचार पु–र्याउने गरौँ । 
ल भाइ बहिनीहरू कथा भनेकै कसैको व्यथा हो । यो कथाले अन्जानमा कसैसित मिल्न गएमा विचार गर्ने अभ्यास हुन्छ । 
आजलाई यो कथाले कथाको रूपमा लेओस् ।कथामा अर्काको व्यथाले स्पेस लिने हो । पढेर सकेपछि साथी दौतरीहरूलाई शेयर गर्नु होला । 
धन्यवाद ,२०८१÷११÷२२ गते,

Comments