समाजवाद उन्मुख संविधान अनुसार नगरलाई अगाडि बढाएका
फाल्गुन २२, २०८१, बिहीबार | दिउँसो १२:१९ बजे | 70
भक्तपुर, २२ फागुन । सेकरिड् हट् एकेडेमीको २२ औं अभिभावक दिवस, बार्षिक पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम २०८१ एवम् एसईई २०७९ र २०८० सम्मान तथा विदाई समारोह कार्यक्रम नगर उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा विहिबार गपलीमा सम्पन्न भयो । प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले पानसमा दिप प्रज्वलित गरी उद्घाटन गर्नुभएको कार्यक्रममा एसईई २०७९ र २०८० सम्मान र सम्पूर्ण शिक्षकहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा उहाँले समृद्ध नगर बनाउन सोचका साथ पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र सँस्कृति भने मूल नारालाई अंगिकार गर्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण गरि जीवन्त नगर बनाएको बताउनुभयो । उहाँले समाजवाद उन्मुख संविधान अनुसार नगरलाई अगाडि बढाएको बताउँदै शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको योजना बनाएको तर विश्वविद्यालयको पूर्वाधार तयार हुँदा समेत सरकारले विश्वविद्यालय दिन आनाकानी गरिरहेको बताउनुभयो । उहाँले १२ औ शताब्दीमा व्यवस्थित भक्तपुर नगरलाई मौलिक विधि प्रयोग गरि संरक्षण र पुन निर्माण कार्यहरु गरिरहेको बताउनुभयो । उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाई युवा विदेश पलायन रोक्न सिपमुलक तालिम गरी आफ्नै देशमा रोजगारको लागि प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले भक्तपुर महोत्सब सफलताले उचाई पाएको बताउँदै बौद्धिक शक्ति पलायन रोक्ने कार्यमा सबैको पहल हुनुपर्ने बताउनभुयो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवालले राजनीति राम्रो भएमात्र सबै क्षेत्र राम्रो हुने र राजनीति भनेको निस्वार्थ रुपमा देश र जनताको सेवा भएकोले सबै विद्यार्थीहरुलाई राजनीतिबारे बताउनु पर्ने भन्नुभयो ।
कार्यक्रममा गपली टोल सुधार समितिका अध्यक्ष एवम् अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले बालबालिकाहरु अन्तरनिहित प्रतिभाहरु बोकेर जन्मिछन् । ती प्रतिभाहरु शिक्षाको माध्यमबाट प्रष्फुटन हुन्छ । आजको कार्यक्रमले विद्यार्थीहरुमा भएको प्रतिभाहरु प्रष्फुटन गराउने कार्यक्रम हो भन्नुभयो । उहाँले अभिभावक शिक्षकको सम्बन्ध बालबालिकको भविष्य निहित रहेको हुनाले व्यक्तित्व विकास, व्यवहार परिवर्तनमा ठूलो भूमिका खेल्छ भन्नुभयो । उहाँले शिक्षक अभिभावक एकै सिक्काका दुई पाटा भए बालबालिकको समस्या समाधान हुने बताउनुभयो । उहाँले विद्यार्थीहरुको परीक्षो नतिजालाई निरपेक्ष ढंगले नहेरी देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न र हत्या हिंसा, भ्रष्टाचार बढेको बेला समाजमा भएको विकृति र विसंगतिहरु हटाई शान्ति, सदाचार, शिष्टाचार सहितको नैतिक एवम् व्यवहारीक शिक्षा आवश्यक छ भन्नुभयो ।
कार्यक्रम विद्यालयकका संस्थापक प्रिन्सिपल श्रीराम सुवालको सभापतित्वमा सम्पन्न कार्यत्रबmममा सानुमैया अमात्य, डा.विनोद डंगाल, विकास देव लामा, एन प्याब्सनका संजय खड्का, शिक्षिका अनिशा तामाङ, विद्यार्थी सुप्रिना लामा, मानिका तामाङ लगायतले बोल्नु भएको थियो ।