परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई


फाल्गुन १९, २०८१, सोमबार | विहान १०:३४ बजे | 25


परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई

काठमाडौं ।नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र ध्र्रुव सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो । दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ । नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएकोमा उहाँहरुलाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। उक्त सम्मान आगामी चैत ५ गते काठमाडौंमा एक कार्यक्रम गरी उक्त सम्मान अर्पण गरिने अध्यक्ष रोदनले बताउनु भयो । परशु–कल्पना स्रष्टा सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । सोही समितिको सिफारिसलाई समाजको केन्द्रिय कार्यसमितिको बैठकले अनुमोदन गरेको पनि अध्यक्ष रोदनले बताउनुभयो ।

Comments