अन्नपूर्ण विनायक स्कुलमा ‘अभिभावक दिवस तथा बृहत् सांस्कृतिक कार्यक्रम’को विशेष समारोह सम्पन्न
फाल्गुन १८, २०८१, आइतबार | विहान ०७:४५ बजे | 15
काठमाडौँको तीनकुने गैरीगाउँमा अवस्थित अन्नपूर्ण विनायक स्कुलमा फागुन १७ गते शनिबार ‘अभिभावक दिवस तथा बृहत् सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालयका प्राचार्य डा.बिदुर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको विशेष समारोहमा नेपाल सरकारका पूर्व मुख्य सचिव एवम् चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने काठमाडौँ महानगरपालिका वडा नं.९ का वडासदस्य श्री टेकराज अधिकारी, अन्नपूर्ण स्कुलका संस्थापक प्राचार्य तथा शिक्षासेवी ज्ञानेन्द्र पराजुली र अन्नपूर्ण विनायक स्कुल सञ्चालक समितिका अध्यक्ष डा.शिवनारायण यादव विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अतिथिहरूमा विद्यालयका सहायक प्राचार्य सञ्जीव श्रेष्ठ, अर्चना यादव, डा.सत्यनारायण चौधरी, वीरेन्द्र यादव, रामलाल शाह, विष्णु श्रेष्ठ, विश्व श्रेष्ठ, अर्जुन निरौला, तुलसी पराजली, जीवनारायण यादव, गैरीगाउँ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णदेव लामिछाने, गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक भाष्करराज पौडेल, शिक्षासेवी यादव पौडेल, समाजसेवी उपेन्द्र पौडेल, लेखापरीक्षक एवम् अधिवक्ता ध्रुव निरौला, विद्यालय सञ्चालक समितिका सदस्यहरू सीमा यादव, गीता यादव, ममता चौधरी, रञ्जुकुमारी शाह, विद्यालयका प्रशासनिक कोअर्डिनटर सन्तोष रोकाया, प्राज्ञिक समन्वयकर्ता सशीला सिङ्खवाल उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी शिक्षकहरू पासाङ शेर्पा, सुदीप बास्तोला, धनसिंह धामी, विष्णु विष्ट, पूर्णा थापा, पार्वती दाहाल, शान्ता डाँगी निरौला, विन्दु तामाङ, मनिषराज कर्ण, सजना मुलीगुठी, निर्मला मानन्धर, ज्योति रत्न, सर्मिला थापा मगर, लक्ष्मी नेपाल, अस्मिता थापा मगर, रेणुका लामा, कमला घिमिरे, ममता नकर्मी, सुजिता बस्नेत, अस्मिता तामाङ, अनुषा राउत, सीता बस्नेत, पवित्रा श्रेष्ठ, दिदीहरू, चालक, पालेसमेतको उपस्थिति रहेको थियो । समारोहका विशिष्ट अतिथि ज्ञानेन्द्र पराजुलीले अत्यन्त बौद्धिक, प्राज्ञिक एवम् शिक्षण सेवामा जीवन समर्पित गरिरहनुभएका व्यक्तिहरूको समूहले यो विद्यालय सञ्चालन गरिरहनुभएको हुँदा मध्यम वर्गका व्यक्तिहरूका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने पनि उद्देश्य राख्ने यस विद्यालयको उत्तरोत्तर प्रगति होओस्, आफ्ना छोराछोरीलाई विद्यालयले मात्र असल नागरिक बनाउन सक्तैन भन्ने तथ्यलाई आत्मसात गरी घरमा पनि आफ्ना बालबालिकालाई निगरानी गर्ने र अहिलेको डिजिटल जमानामा मोबाइल कुलत नबनोस् भन्ने कुरामा सचेत भएर विद्यालयसँग पनि समन्वय गरी बालबालिकाको भविष्य निर्माणमा लाग्नसक्नुहोस् भन्ने कामना गर्नुभयो । विशिष्ट अतिथि एवम् काठमाडौँ महानगरपालिका वडा नं.९ का वडासदस्य श्री टेकराज अधिकारीले उपत्यकाको तीनकुने, गैरीगाउँमा पायक पर्ने स्थानमा रहेको यो विद्यालयका शिक्षकहरू अनुभवी, बौद्धिक र प्राज्ञिक हुनुहुन्छ र उहाँहरूको उद्देश्य भनेकै सबैले तिर्नसक्ने शुल्कमा गुणस्तरीय शिक्षा दिने रहेको अनि भौतिक संरचना पनि उपयुक्त रहेको कुरा हामी जनप्रतिनिधिले पनि अनुगमन, निरीक्षणका क्रममा देखिरहेका हुँदा उहाँहरूको प्रयत्नमा अभिभावकले पनि साथ दिएर आफ्ना बालबालिकालाई शिक्षाको उज्यालो प्राप्त गर्ने अवसर रहेकोले यसतर्फ सबैको ध्यान जाओस्; विद्यालयको थप उत्तरोत्तर प्रगतिको कामना गर्दछु भन्नुभयो । प्रमुख अतिथि श्री लीलामणि पौडेलले शिक्षाले आपूmले आफैँलाई चिन्ने अवसर प्रदान गर्दछ । हामीले शिक्षा दिने र लिने मात्र होइन मानसिक शान्तिको प्राप्तिको शिक्षा पनि दिनु आवश्यक छ । सबै व्यक्ति आफैँमा पूर्ण हुने भएकाले कोही कसैसँग कसैको तुलना हुँदैन र गर्नु पनि हुँदैन । हामीले विद्यालय र घरलाई शान्तिक्षेत्र बनाउने प्रयत्न जहिल्यै गर्नु आवश्यक छ । शिक्षा दिने र लिनेले रिस नियन्त्रण गर्ने, शरीर स्वस्थ राख्ने, समयको सदुपयोग गर्ने र आफ्नो क्षमता अभिवृद्धि गरी समाजका लागि योगदान गर्नु मेरो दायित्व हो भन्ने भावनाको विकास गर्नु आवश्यक छ । सामूहितामा विश्वास गर्नु आवश्यक छ । सामाजिक सद्भाव कायम गर्ने, एकअर्कालाई सम्मान गर्ने, सानैदेखि आपूmसँग भएको स्रोत तथा साधनको सदुपयोग गर्ने बानीको विकास गराउनु पनि शिक्षाको ध्येय हुनु जरुरी छ । पढ्ने मात्र होइन, परिवार, समाजका प्रतिको दायित्व पनि विद्यार्थीको हुन्छ भन्ने समेतको शिक्षा हामीले दिनु आवश्यक छ । शिक्षा दिने र लिने कुरामा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको समान समन्वय तथा योगदान आवश्यक हुन्छ भन्ने तथ्यबोध तपाईँहरू सबैमा होओस् भन्ने शुभकामना पनि दिन्छु भन्नुभयो । विशेष समारोहमा कक्षा सात र नौका विद्यार्थीले ‘कोही पश्चिम कोही पूर्व घर’ बोलको गीतमा सवागत नृत्य प्रस्तुत गरेका थिउ भने कक्षा एस.के.जी.देखि दशसम्मका विद्यार्थीले ३८ ओटा सांस्कृतिक कार्यक्रम प्र्रस्तुत गरेका थिउ र ती सबै प्रस्तुति उत्कृष्ट रहेको मूल्याङ्क उपस्थित अभिभावकले गरेका थिए । उक्त विशेष समारोहमा ज्येष्ठ नागरिकहरू श्री गौरीनारायण राजभण्डारी (८२ वर्ष), कृष्णमाया श्रेष्ठ (८२ वर्ष), श्रीमाया श्रेष्ठ (८१ वर्ष), मनकुमारी परियार (८० वर्ष), देवीमाया श्रेष्ठ (७८ वर्ष), कृष्णकुमारी पाण्डे (७८ वर्ष), कुन्दकुमारी ठकुरी (७६ वर्ष), चन्द्रमाया श्रेष्ठ (७५ वर्ष), चिनीमाया तामाङ (७५ वर्ष) र निरु खड्का (७० वर्ष)लाई उहाँहरूको जीवनकालमा परिवार तथा समाजमा गनृुभएको योगदानका लागि सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट अभिभावक छनोट गरी सरस्वती भट्टराई, रविना थापा, रेखा कार्की, सुचित्रा श्रेष्ठ, समृद्धि श्रेष्ठ, अञ्जु तामाङ र सुनिता बुडाथोकीलाई पनि सममान गरिएको थियो । त्यसैगरी उत्कृष्ट विद्यार्थीहरू रियान चोधरी (एस.के.जी.), आयन यादक (जे.के.जी.), सोफिया खत्री (कक्षा २), सुरक्षा कुसुवार (कक्षा ४), सम्पूर्णराज थापा (कक्षा ७), सगुन गुरुङ (कक्षा ८) र प्रकृश श्रेष्ठ (कक्षा १०) लाइृ पनि सम्मान गरिएको थियो । सबै सम्मान विशिष्ट अतिथि ज्ञानेन्द्र पराजुली र मन्दिर व्यवस्थापन समितिका अधयक्ष कृष्णदेव लामिछानेले संयुक्तरूपमा अर्पण गर्नुभएको थियो । उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिज्यूहरू सबैलाई प्राचार्य डा.बिदुर पराजुली र डा.शिवनारायण यादवले मायाको चिनो अपृण गर्नुभएको थियो । प्राज्ञिक सल्लाहकार रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा सहायक प्राचार्य सञ्जीव श्रेष्ठले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, अभिभावक तथा विद्यार्थी सबै सबैलाई स्वागत गर्नुभएको थियो भने विद्यालयको उद्देश्यमाथि पनि प्रकाश पार्नुभएको थियो, विद्यालयले शिक्षाको गुणस्तर वृद्धिका लागि गरेका सबै प्रयत्नसमेतका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । समारोहको समापन गर्दै प्राचार्य डा.बिदुर पराजुलीले विद्यालय तपाईँ अभिभावकका बालबालिकाको गुणस्तरीय शिक्षाका लागि सम्पूर्ण रूपमा समर्पित रहेको छ र तपाईँ अभिभावका तर्फबाट पनि बाबुनानीको शिक्षाको सुधारका लागि केही सुझाव भए विद्यालयमा उपस्थित भएर दिनुहुन, विद्यालयले बोलाएको समयमा समय मिलाएर आइदिन, बालबालिकाले घरमा मोबाइलमा बढी समय दिएका छन् भने, पढाइमा कम ध्यान दिएको जानकारी भयो भने पनि हामी एकआपसमा छलफल गरौँ र सबै सबैको सहकार्यले हाम्रा बालबालिकालाई उत्कृष्ट पारौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुभयो, सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ भन्नुभयो । अन्नपूर्ण विनायक स्कुलको अभिभावक दिवसमा पूर्व मुख्य सचिव एवम् चीनका लागि नेपाली पूर्व राजदूत लीलामणि पौडेल शुभ कामना मन्तव्य दिनु हुँदै ।