शिक्षा विधेयक शिक्षकहरुको हितमा नआएसम्म दबावमुलक कार्यलाई अगाडि वढाउने निर्णय 

फाल्गुन १५, २०८१, बिहीबार | दिउँसो ०१:०९ बजे | 5

शिक्षा विधेयक शिक्षकहरुको हितमा नआएसम्म दबावमुलक कार्यलाई अगाडि वढाउने निर्णय 

शिक्षा विधेयक शिक्षकहरुको हितमा नआएसम्म दबावमुलक कार्यलाई अगाडि वढाउने निर्णय 
ललितपुर, १५ फागुण । अभिभावक संघ नेपालको बैठक अध्यक्ष केशव पुरीको अध्यक्षतामा सम्पन्न भयो । बैठकले शिक्षा विधेयकमा सरोकारवाला विद्यार्थीे, अभिभावक र विद्यालय शिक्षकहरुको हितमा नआएसम्म सम्बन्धित निकायमा दबाव मुलक कार्यलाई अगाडि पढाउने निर्णय गरेको छ भने अभिभावक महासंघ गठनको निमित्त अभिभावक संघ नेपालको पहलमा गठित अभिभावक महासंघ नेपाल तदर्थ समितिलाई हाल कायम राखेर गठन प्रकृया सकृय पूर्वक अगाडि बढाउन महासंघका संयोजक श्री सुप्रभात भण्डारीलाई अनुरोध गर्ने र नयाँ शैक्षिक  सत्र सुरु हुन लागेको अवस्थामा काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला अध्यक्षहरुलाई सकृय बनाउन बैठक राख्ने साथै प्रदेश तथा जिल्ला कार्य समितिहरु गठन, पुनर्गठन कार्यलाई अगाडि बढाउने निर्णय भएको सह महासचिव रामकृष्ण प्रजापतिले बताउनुभयो ।  
 
Comments