बिनायक Spring क्याम्प सम्पन्न


फाल्गुन ११, २०८१, आइतबार | विहान ११:२८ बजे | 110


बिनायक Spring क्याम्प सम्पन्न

मध्यपुर थिमिस्थित बिनायक शिक्षा निकेतनकाे बिनायक स्काउट ट्रुपकाे १ राते २ दिने Spring क्याम्प सभ्य एवम् भव्य रूपमा सफल भएकाे छ । "मितव्ययिताकाे लागि स्काउट क्याम्प" भन्ने मुल नाराका साथ सञ्चालित उक्त क्याम्पकाे उद्घाटन समाराेहमा बाेल्नुहुँदै सभापति सुरेन्द्र बिक्रम प्रजापति तथा विशिष्ट अतिथि मध्यपुर स्काउटका पूर्व स्थानीय अायुक्त हरि बहादुर श्रेष्ठले स्काउट क्याम्पकाे महत्वबारे प्रकाश पार्नुभयाे । क्याम्प अवधिभर स्काउटहरूले क्याम्प फायर, कुकिङ्ग, सरसफाइ, बीपी व्यायाम, धर्मसभा र बिबिध कृयाकलापहरूमा सक्रिय सहभागिता जनाउनु भएकाे थियाे । उत्कृष्ट प्रदर्शन गर्न सफल स्काउटहरूलाई पुरस्कृत पनि गर्नुभएकाे थियाे । समापन समाराेहका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले स्काउटले व्यक्तिकाे सर्वाङ्गीण बिकासमा सहयाेग गर्दछ भन्ने बिचार व्यक्त गर्नुभयो । त्यसैगरी, विशिष्ट अतिथि राष्ट्रिय प्रशिक्षक भुवनचरण श्रेष्ठले स्काउटहरूलाई स्काउटिङ्ग कृयाकलापबारे जानकारी गराउनु हुँदै उत्प्रेरित गर्नुभयाे । मध्यपुर स्काउटका स्थानीय अायुक्त तुल्सीहरि प्रजापतिकाे सल्लाहकारत्वमा सञ्चालित साे क्याम्पका संयाेजक लक्ष्मी केशरी प्रजापति, गर्ल्स क्याम्प प्रमुख सानू चक्रधर, सहायक क्याम्प प्रमुख यमुना प्रजापति, ब्वाइज क्याम्प प्रमुख दिलकृष्ण प्रजापति हुनुहुन्थ्यो भने ३१ जना स्काउटहरू तथा बिद्यालयका अन्य शिक्षकहरूकाे उपस्थिति रहेकाे थियाे ।

Comments