नेपालको शासक वर्गहरु भ्रष्टै भ्रष्ट हुन् 


फाल्गुन ११, २०८१, आइतबार | विहान ०४:४० बजे | 145


नेपालको शासक वर्गहरु भ्रष्टै भ्रष्ट हुन् 

तुल्सी नारायण लाखेमरु
नीति निर्माता संस्कृतिको सभ्यताले देशै चिनाउने काम गर्छन् । महान दार्शनिकहरुको तपस्याबाट प्राप्त भएको हो । सभ्यताको छुट्टै महत्व हुन्छ । आफु अभिवाकत्व काम गर्छन । नेपालको शासक वर्गहरु भ्रष्टै भ्रष्ट हुन् । गिरिवन्धु काण्ड, वोमनि काण्ड, बालुवाटार काण्ड, भुटानी सरणार्थी काण्ड । कांग्रेस, एमाले , माओवादी समेतले नेपाल बनाउने होइनन् खाली अंशवण्डाको राजनितिक गर्छन् । जहिले हुने खानेले नै सरकार चलाउँछ । हुने खाले ने हालि मुहाली गर्छन् । जनताको समस्या बुझ्दैन । आफ्नो नाता कुतुम्बलाई मात्र देख्छन् । हेरक मन्त्रालय सिवालय सेवालय कार्यालय विद्यालयमा पनि आफ्नै आसे पासे हुन्छन् । २१ औँ शताब्दीमा पनि इमान्दारीको आखाँले हेर्दैन । जनताको छोरा छोरी सम्झाउदैनन् शत्रु थान्छ । २०–२५ वर्ष लगाएर पढ्छन् आफ्नो देशमा काम पाउँदैनन्, माया पाउँदैनन् । विदेशीको इसरामा देश चलाँउछ । आफ्नो देशलाई माया गर्दैनन् । दाई कांगे्रस , भाई कांग्रेस एमाले भए संसारमा कहि नभएको जो सुकैलाई जग्गा बाड्ने भूमि अध्यादेश ल्याउन लागेको छ । यो हामी तमाम् नेपालीहरुलाई मान्य छैन र जनताहरु पहिला जस्तो मासु र भातमा बिकदैन , जाड र रक्सीमा विकदैन । अबले जनताले क्यान्सर रोग पत्ता लगाइसक्यो । सधै मोतिविन्दु रोग लागेको हुदैन । अबको जनता सधै के.पि. वोली, शेर बहादुर देउवा र प्रचण्ड भन्दैन । अहिल जनताको आँखा दुर्विन जस्तै भई सक्यो । ज्यान गएपनि लगडा घोडा चढदैन । अब बाजेको पाला गयो बावुको पाला गयो अब मेरो पालो हो । सधैँ पागलपन र वेवकुफ बन्दैन । न पढ्ने छोरा छोरीहरुलाई सरकारले वास्ता गर्दैन । हुने खानेले वास्ता गर्दैन । घरको अभिभावकले पनि हेला गर्छन् । अब देखि सम्बन्धित सरकारा वालाले पनि ध्यान दिन पर्छ झै राख्छ । नपढ्ने छोरा छोरीहरुलाई माया गर्नु सट्टा गाली ख्वाउँछन् । अनि म सोच्छु आमाबावुलाई पनि गाली दिँउ जस्तो लाग्छ । मेरा मन रुन्छ आसु आउँछ मेरो आसुको अर्थ कस्ले गर्छ । नपढ्ने छोरा छोरीहरु अरुको डेरा, फाटेको लुगा, फाटेको जुत्ता । सन्तान सरकारी स्कुलमा पढ्छन् । सरकारको यसमा ध्यान जाओस् । नपढ्नेको सिलाभर थाल सिलाभरको कसौडी, बाच्ने कसरी गरिवको चमेली बोल्दिने कोही छैन । बाटो बिराएको सन्तान जस्तो शिक्षा नभएको छोरा छोरीको हालत यस्तो छ । हाम्रो संबिधान र समाजको अभिभावकहरु ज्यूले शिक्षा नभएको छोरा छोरीहरुलाई मावली घरबाट आफ्नो दक्ष अनुसार घर बनाउन जग्गा जमिन दिनु पर्छ , पैसा दिनु पर्छ । तब पढ्न नपाउने छोरा छोरीहरुको आसु झर्दैन । आमाबावुको कर्म हो, नत्र घरको शत्रु मुसा चार चुरुङ्गीको दुश्मन काग, जनावरको शत्रु बाघ, देशको शत्रु भष्टाचारी प्रधानमन्त्रीहरु । किताब च्यातेपछि गाताको के काम, कसैले सम्झाउँदा नाई भन्ने नाता के काम, पानी परि लुत्रुक्क भिजेपनि मुसुमुसु हास्ने साथी के काम । संविधानमा प्रगतीशिल समाजवाद लेखेर कम्न्युष्ट पार्टीको के काम त्यस्तै एमसिसि र नागरिक विधेयक पाश गरि सके पछि शासक वर्गको के काम । हाम्रो घरमा आमाबुवा नभएपछि संसार नै छैन जस्तो हुन्छ । जनतालाई माया नपाए पछि जनताको आक्रोस् यस प्रकार हुन्छ । हथौडा हम्मरले देशद्रोहीलाई खत्तम गर्नु छ हामी मात्र एक जुट भई दिए कसरी बाच्छ शासकहरु । पसिनाको पोखरीमा बाच्ने सोसकहरु, सचेतनामा बाच्न चाहिदैन, बोल्न सिकाउदैन । आफ्नो हसिया आफु तिर तान्ने कहिले गर्दैन । खबरदारी जनैढारी ज्यूहरु, सच्चा बाहुन बाजे पुरोहितहरुले दैविक विधि कर्म पुण्यको कर्म गर्छन, देशमा शान्ति छाओस् भनेर ठाँउ ठाँउमा सप्ताह लाउँछन् । यस धर्तीमा सम्पूर्ण प्राणीहरुको कल्याण होस् भनि आरती गर्छन । संविधान रक्षा होस् भनेर प्रार्थना गर्छन् । अरु मरेको मान्छेको मातापिता, बाजे बराजुको नाममा श्राद्ध गर्छन् । ५ पटक, ६ पटक मन्त्री बनेको कसैलाई पनि मन पर्दैन । कांग्रेस, एमाले र माओवादीहरुका कार्यकर्ताहरुलाई ३ पुस्ता जेल हाल्नुपर्छ अनि मात्र देश ठिक ठाँउमा आउँछ ।
सचेत जनता ।
 

Comments