उदय साकोसको अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न 


फाल्गुन १०, २०८१, शनिबार | विहान १०:४५ बजे | 60


उदय साकोसको अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न 

फागुन १०, भक्तपुर । उदय बचत तथा ऋण सहकारी संस्थाको बालबालिका उपसमितिले शनिबार २९ आैं स्थापना दिवसको अवसरमा बाल बचतकर्ताहरु बीच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

संस्थाका सचिव तथा बालबालिका उपसमिति संयोजक दिलप्रसाद प्रजापतिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लेखनशैली तथा सीपलाई उजागर गर्ने उद्देश्य अनुरुप बाल बचत कर्ता लक्षित उक्त प्रतियोगिता संचालन गरेको जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हस्तलेखन गर्ने बाल बचत कर्ताहरुलाई बैशाख महिनामा हुने बालबालिका भ्रमणमा पुरस्कार वितरण गर्ने संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले जानकारी दिएका छन् ।

उक्त प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ३० जना बाल बचतकर्ताहरुले सहभागिता जनाएका थिए ।

Comments