भव्यताका साथ सकियो ख्वप्रिङ्गको रजत जयन्ती
फाल्गुन ८, २०८१, बिहीबार | दिउँसो ०३:१२ बजे | 30
भक्तपुर । भक्तपुरको लिवालिस्थित ख्वप्रिङ्ग ईंग्लिश स्कूलको रजत जयन्ती विहीबार भव्य रुपमा सम्पन्न भएको छ । त्यस अवसरमा भवन उदघाटन पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरेका थिए । साथै शैक्षिक प्रदर्शनी पनि गरिएको थियो । कार्यक्रममा स्कुलका प्रिन्सिपल विनोद प्रजापतिलगायतले मन्तव्य व्यक्त गरेका थिए ।