नेवार जातिको गौरब कुमा सागर ....
फाल्गुन ७, २०८१, बुधबार | विहान ०४:२३ बजे | 190
कुमार लघु, ख्वप
सभ्यता, रहनसहन, आफ्नोपन आउनु स्वभाविक छ । त्यो आउन दिनु नि पर्छ । त्यसैले मानिसलाई परिचय दिन्छ । ए त्यो भक्तपुरको रहेछ भनेर पहिचान मिल्छ ।
मेरो दिमागले कुमा सागर भक्तपुरवासी हो । पाटनको कन्सर्टले कुमा सागरलाई व्यापक हुन सहयोग मिलेको छ । उसले आफ्ना खुवी देखाइदियो । भक्तपुर र नेवारहरू र नेपालकै पनि गायन क्षेत्रमा अग्रस्थानमा रहेको जानकार भयो । ठिकै छ । मेहनत र परिश्रमले मानिसलाई एकदिन जनसमक्ष ल्यायो । खुसी लाग्यो । नेवाले पनि यो देशको संस्कृतिमा योगदान गरेर नेवारी गित र अन्य नेपाली गितहरूलाई जोगाउन योगदान गरिरहेकोमा हर्ष नेपालीलाई लागेको हुनुपर्छ । केही कमीकमजोरीहरू छन् भने सुधार गर्दै अगाडि वढ्ने हो । हो, गितमा रम्न र रमेर आफ्नो रेकर्ड राखेर विश्वको मैदानमा टप हुन सकोस् । टप हुन पाइला अगाडि वढोस् । यो कुरामा सागरलाई शुभकामना छ । कुमा सागर देशको ढुकढुकी रहेछ है । कुनै विचलित नभई सफलताको शिखरमा चुम्दै रहेको नेपालीले आभासको स्वाद पाटनको कन्सर्टले नेपाली जनता सामू परिणाम दियो ।
भाइ बहिनीहरू खेल गित, साहित्यमा, नेतृत्वमा वैज्ञानिक क्षेत्रमा सैनिक प्रहरी,कर्मचारी स्वयम् सेवकमा, शिक्षा क्षेत्रमा, सगरमाथा चढ्न,नयाँ आविष्कार गर्न,पाईलट वनेर,गणितज्ञ वनेर नेपाली वा नेवारहरूले सक्रियता देखाउनु राम्रो हो। नेपालीले नेपालीलाई हेलाहोचो गर्नु हुन्दैन् जो कोहीलाई उत्प्रेरित र उत्प्रेरणा दिने नेपालीको सौभाग्य हो । नेवारहरूले गर्दा देशको कला संस्कृति संरक्षण भएको हो। उपत्यकको कला संस्कृतिले नै देशको परिचय दिईरहेको अन्य वर्गले महसूस गरेको पृथ्वीमा जगजाहेर छ। त्यसैले विश्र्व सम्पदा स्थलमा नेपालको भूभाग पनि नेवार र नेपालीहरूले गर्दा वचेको हो । नेवारी भजन हरेक टोलबो पाती मठमनणदिरमा विहान वेलुका वरकजेको र घन्किरहेको हो । स्वयभू जानुस्,दक्षिढकाली, लुम्विनी जानुस् जनकपुर जानुस्,भक्तपुर ,पाटन काठमाण्डू जानुस् नेवार भजनमा रमाई रहेको पाउनु हुनेछ । त्यसैले त नेता वर्गले संसद सदस्यले भक्तपुरको मेयरले भक्तपुरलाई नाचगानको राजधानी वनाउनु पर्ने आवाज संसदमा माग गरेको हो । भक्तपुर नगरलाई कला र संस्कृतिको संरक्षण गर्न समय समयमा बाजागाजा खेल को आयोजना गरेर बाजाको भजनको संरक्षणमा जोड दिन्दै आउनु भएको छ। कुमा सागर मेरो विचार भक्तपुरको प्रतिनिधी हो ।
कुमा सागरले निकै वर्ष दुःख परिश्रमले नै आज जनताको आँखामा मल्लम पट्टि भएर अगाडि उभेको हो । कुमा सागरले आफूलाई संगित क्षेत्रा पहिले नै स्थापित गरेको उसको किपाले वा गायन क्षेत्रले देखाएको सकै सामू छलंग छन् । पाटन हो उसलाई वकाल परिचय गरायँन सफल भएको छ। हो अविचलित भई लाग्नु नै कुमा सागर –को सफलता हो । उसको टिमलाई हार्दिक बधाई छ। अरू जस्तै नेवारहरूको एकता हुनु पर्छ । गायन क्षेत्रमा समूहमा खलबल ल्याउनलाई टिम तोडफोड गर्न यो वर्तमानको षडयन्त्र हो । षड्यन्त्रलाई असफल पार्न अडिग हुनु नै कुमा सागरको टिम लाग्नु पर्छ ।