सिरूटार माध्यमिक बिद्यालयकाे पुस्तकालयलाई पुस्तक तथा व्हिलचियर सहयाेग


फाल्गुन ३, २०८१, शनिबार | विहान ११:३१ बजे | 130


सिरूटार माध्यमिक बिद्यालयकाे पुस्तकालयलाई पुस्तक तथा व्हिलचियर सहयाेग

आर. के. थिमि । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्रमा विशेष कार्य गर्दै आईरहेकाे भक्तपुर दिब्यश्वरी लायन्स क्लवले भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. १ सिरूटारस्थित सिरूटार माध्यमिक बिद्यालयकाे पुस्तकालयलाई पुस्तक तथा व्हिलचियर सहयाेग गरेकाे छ । आज फागुन ३ गते शनिवार बिद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि क्लवका पदाधिकारीहरूले बिद्यार्थीमा अध्ययनरत बिद्यार्थी मञ्जिता नेपालीका भाइ मन्जित नेपालीलाई व्हिलचियर सहयाेग गरेकाे हाे। कार्यक्रममा क्लवका पुर्वअध्यक्ष एवं लायन्स क्लव डिस्ट्रिक ३२५ एफ का क्याविनेट सेक्रेटरी प्रनिता शर्मा बरालले क्लवकाे स्थापना तथा क्लवले गरेका विभिन्न गतिविधिका बारेमा प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पाेख्रेलले क्लवकाे सहयाेगले बिद्यालयकाे शैक्षिक क्षेत्रकाे विकासमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै सहयाेगका लागि धन्यवादज्ञापन गर्नु भएकाे थियाे । साेही अवसरमा आज फागुन ३ गते शनिवार अर्थात फ्रेबअरी १५ तारिख विश्व बालबालिका क्यान्सर दिवसकाे अवसरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई क्यान्सर राेगबारे क्यान्सर राेग डाक्टर ज्याेति थापाले जनचेतनामूलक कक्षा लिनु भएकाे थियाे । क्लवका अध्यक्ष बिनु केसीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक ३२५ एफ का मल्टिपल अड्मिनिस्ट्रेडर प्रद्मुन्न कुमार पाेखरेल, लायन्स क्लव डिस्ट्रिक ३२५ एफ का कन्भेनर सुरेन्द्रबहादुर श्रेष्ठ, लायन्स क्लव डिस्ट्रिक ३२५ एफ का चाईल्ड अवार्नेस चिफ तीर्थ कुटु, क्लवका निर्देशक  बिनाेदप्रसाद श्रेष्ठ, क्लवका जाेन चियरपर्सन गणेशबहादुर साख, लायन्स क्लव डिस्ट्रिक ३२५ एफका एडिशनल सेक्रेटरि सुजन श्रेष्ठलगायतका ब्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

Comments