श्रमिक साकोसको उपसमिति सदस्यहरुको गराइयो शपथग्रहण
फागुन ३, भक्तपुर । भक्तपुर जगातीस्थित श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को एकाईसौं साधारणसभा तथा आठौं अधिवेशनबाट बनेको विभिन्न उपसमितिका संयोजक र सदस्यहरुको परिचयात्मक तथा शपथग्रहण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक एन. दुवालले उपसमितिका सबै पदाधिकारीहरुलाई बधाई दिंदै सहकारी क्षेत्रमा देखिएका समस्याहरुको सामना गर्न सबै सचेत र संगठित हुनुपर्ने बताउनुभयो ।
संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवांले संस्थालाई थप विकास र विस्तार गर्न सबै पदाधिकारीहरुले निरन्तर चिन्तन गरिरहनुपर्ने बताउनुभयो ।
कानूनी सल्लाहकार विकल प्रजापतिले उपसमिति सदस्य बनेपछि थप जिम्मेवारी बढेकाले आलोचना आत्मालोचनाको भावना विकास गर्नुपर्ने बताउनुभयो ।
संस्थाका प्रबन्धक दिनेश ग्वाछाले संस्थाको प्रगति, चुनौति र सम्भावनाबारे चर्चा गर्नुभएको कार्यक्रमको सभापतित्व अध्यक्ष कृष्णनारायण मचामसीले गर्नुभएको थियो । अध्यक्ष कृष्णनारायण मचामसीले उपसमिति पदाधिकारीहरुलाई शपथग्रहण गराउनु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानभक्त मचामसी, सचिव श्रीप्रसाद तुईतुईलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।