चकलेट किन्ने पैसाबाट तीन वटा विद्यालयहरुलाई झण्डै १० लाखको शैक्षिक सामाग्री हस्तान्तरण


2025-02-13 12:16:42

News Image

भक्तपुर । विद्यार्थीको जन्मदिन कोषमा जम्मा भएको रकमबाट विहीबार भक्तपुरमा तीन वटा सरकारी स्कुलहरुलाई झण्डै दस लाख बराबरको पुस्तक तथा स्ेटशनरी सामानहरु हस्तान्तरण गरिएको छ । सकेकाले सकेकालाई सहयोग गरौं भन्ने अवधारणाका साथ जिल्लास्थित एउटा निजी स्कुलमा अध्ययनरत छात्रछात्राहरुको जन्म दिनमा जम्मा गरेको कोषबाट सर्लाही, दाङ र स्याङजा जिल्लाका तीन वटा छुटाछुटै सरकारी स्कुलहरुलाई प्रतिस्कुल तीन लाख १२ हजार तीन सय ९३ रुपैयाँं बराबरको पुस्तकालयका लागि आवश्यक पुस्तकहरु हस्तान्तरण गरिएको हो । साथै प्रतिस्कुल २३ हजार सात सय ४० रुपैयाँं बराबरको स्टेशनरी सामानहरु पनि सोही अवसरमा हस्तान्तरण गरियो । 
नयाँंवस्ती जियाजोर सर्लाहीस्थित श्री जनज्योति आधारभूत विद्यालय, घोराही दाङस्थित श्री माध्यामिक विद्यालय र डाँंडागाउँ गोग्ली र चापाकोट स्याङजास्थित श्री खडकाली माध्यमिक विद्यालयलाई पुस्तक र स्टेशनरी सामानहरु हस्तान्तरण गरिएको हो । 
एभरेस्ट इगलिश स्कुल भक्तपुर.२ मिवाछेंको ४२ औं वार्षिकोत्सव समारोह तथा एभरेस्ट जन्मदिन कोष २०८१ बाट संकलित रकमबाट ती पुस्तक तथा स्टेशनरी सामानहरु खरिद गरी हस्तान्तरण गरिएको हो । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीका अनुसार स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई आआफनो जन्मदिनमा साथीहरुलाई बाँंड्न चकलेट दिन वन्देज छ । यसबापत बरु एकजना विद्यार्थीले जन्मदिनमा चकलेट किन्ने पैसा एभरेस्ट जन्मदिन कोषमा जम्मा गरिएको हुन्छ । स्कुलभरिका विद्यार्थीहरुबाट वर्षभरिमा जम्मा भएको त्यही कोषबाट प्रत्येक वर्ष दुरदराजका सरकारी स्कुलहरुलाई पुस्तक तथा स्टेशनरी सामानहरु खरिद गरेर सहयोगस्वतर हस्तान्तरण गर्दै आएको उनले जनाए । 
उनका अनुसार पहिलो पटक यो कार्यको थालनी स्कुलले २०६६ सालबाट सुरुवात गरेको हो । हालसम्म प्रत्येक वर्ष गरेर २९ वटा जिल्लाहरुका ३० वटा स्कुलहरुलाई यस्तो सहयोग हस्तान्तरण गरिसकेको स्कुलले जनाएको छ । यो कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने योजना स्कुलको छ । 
प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाई भक्तपुरका प्रमुख कमला ज्ञवाली र एभरेस्ट इगशिल स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले संयुक्त रुपमा पुस्तक तथा स्टेशनरी सामानहरु हस्तान्तरण गरेका थिए । पस्तक तथा स्टेशनरी सामानहरु हस्तान्तरण गरी लिन  नयाँंवस्ती जियाजोर सर्लाहीस्थित श्री जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मनोजप्रसाद खनाल, घोराही दाङस्थित श्री माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार घिमिरे र डाँंडागाउँ गोग्ली र चापाकोट स्याङजास्थित श्री खडकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक लेषबहादुर खाँडले हस्तान्तरण गरी लिएका थिए । कार्यक्रममा तीन वटै विद्यालयका प्रधानाध्यापकहरुले स्कुलले एउटा गज्जवको काम गरेको भन्दै विशेष धन्यवाद ज्ञापन गरे । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *