नेपाल टेलिकमको २१ औ बार्षिकोत्सव सम्पन्न
दूर सञ्चार कार्यालय इटहरीले आज प्रभातफेरी बिभिन्न खेलकुडहरूको आयोजना सहित भब्य रूपमा २१ औ बार्षिकोत्सव सम्पन्न गरेको छ।
नेपाल टेलिकमको निबृत्त कर्मचारीहरू सहितको उपस्थितिमा दू.सं.का. इटहरीका कार्यालय प्रमुख उप प्रबन्धक लोकराज शर्मा भट्टराइले सम्पूर्ण कर्मचारीहरूले कार्यालयलाइ आफ्नो घर रहेको तथा ग्राहकहरुको सेवा नै परम कर्तब्य बताउँदै कोशी प्रदेश अन्तर्गत सबै भन्दा बढी आसामी असुल गर्न सफल भएकोले प्रादेशिक निर्देशनालयबाट दूर सञ्चार कार्यालय इटहरी तथा अन्तर्गतका कार्यलयलाइ सम्मान पत्र प्राप्त गरेको खुशीको खबर सुनाउँदै सम्पूर्ण कर्मचारीहरूप्रति बधाई तथा आभार प्रकट गर्नु भयो । साथै बिभिन्न खेलकुदहरूको बिजेताहरूलाइ प्रमाण पत्र तथा निबृत्त कर्मचारीहरूलाइ संयुक्त रूपमा प्रमुख उप प्रबन्धक श्री लोकराज शर्मा भट्टराइ तथा लेखा प्रमुख वरिष्ठ लेखा अधिकृत दिनेश सुवालले सम्मान समेत प्रदान गर्नुभयो। प्रशासन प्रमुख श्री प्रकाशचन्द्र फूयलले स्वागत मन्तब्य दिनुभएको थियो । सहायक लेखा अधिकृत भोजराज कोइरालले सञ्चालन गर्नु सो कार्यक्रममा अतिथिका रूपमा वरिष्ठ इन्जिनियर श्री उमेश यादव एवं वरिष्ठ प्राविधिक अधिकृत श्री अच्युत गौतम समेतको उपस्थिति रहेको थियो । १११ वर्षको लामो इतिहास बोकेको नेपाल टेलिकमले विभिन्न आरोहअवरोह पार गर्नुपरेको अवस्थामा पनि नेपालकै नम्बर १ दूर सञ्चार सेवाप्रदायक हुन सफल भएको र यसका लागि सम्पूर्ण कर्मचारीहरू, आम उपभोक्ताहरू, डिलरहरू लगायत सम्पूर्ण सरोकारवालहरूको उतिक्कै भूमिका रहेको लेखा प्रमुख वरिष्ठ लेखा अधिकृत श्री दिनेश सुवालले बताउनुभयो । साथै राष्ट्रको सञ्चारका रूपमा रहेको नेपाल टेलिकमलाइ सशक्त एवं अझ उचाइमा पूर्याउनका लागि सबैलाइ निष्ठापूर्वक लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।