आजदेखि सूर्यविनायकबाटै एजुकेशनल कन्सल्टेन्सी सेवा
माघ १९, २०८१, शनिबार | विहान ०६:०१ बजे | 40
भक्तपुर, माघ १९ । विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा विस्तार भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखाको शनिबार उदघाटन गरियो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उदघाटन गरिन् ।
विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको जनाइएको छ ।
विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्यु जिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा आफ्नो सेवा दिदै आएको छ ।
भक्तपुरमा आर्गस एजुकेशनको शाखा विस्तारले अब यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुने शाखाका अध्यक्ष अच्युत प्रजापतिले विश्वास ब्यक्त गरे ।