रोम्वस स्कुल आइएसओबाट सर्टिफाईड
माघ १६, २०८१, बुधबार | दिउँसो ०१:१८ बजे | 190
भक्तपुर । भक्तपुरको रोम्वस सेकेण्डरी स्कुल भक्तपुर १० कमलविनायक आइएसओ २१००१ः२०१८ बाट सर्टिफाइड भएको छ । बुधबार भक्तपुरमा एक कार्यक्रम गरी आइएसओ सर्टिफिकेट हस्तान्तरण गरियो । कार्यक्रम नेकपा एसका अध्यक्ष माधबकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सभापति स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजूले गरेका थिए । कार्यक्रममा विद्यार्थीले सांगेतिक कार्यक्रम पनि देखाएका थिए ।