अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
माघ १६, भक्तपुर । उदय बचत तथा ऋण सहकारी संस्थाले बुधबार २९ आैं अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा गोष्ठीका सभापति रामकृष्ण प्रजापतिले बैंकरहरुको मिलेमतोमा ल्याएको सहकारी अध्यादेशबाट समुदायमा आधारित सहकारी र सदस्यलाई व्यवहारिक रूपमा असहज गराउने बताउँदै सहकारीको उत्कृष्टताको लागि सञ्चालक समिति, उपसमिति तथा कर्माचारी लगनशील लाग्नुपर्ने बताउनुभयो । संस्थाका सचिव दिलप्रसाद प्रजापतिले अर्धवार्षिक प्रगति प्रतिवेदनमा सञ्चालन भएका विभिन्न तालिमहरुको बारेमा जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले सहकारी अध्यादेशमा भक्तपुर जिल्ला सहकारी संघको सहमति र असहमतिका बुँदाको बारेमा जानकारी दिँदै आव २०८१/८२ को अर्धवार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाको कूल सम्पत्ति ४८ करोड ८७ लाख १९ हजार सात सय उन्ननचालिस रूपैयाँ तथा जगेडा कोषमा रू. ५ करोड ९ लाख ५३ हजार छ सय चाैसठ्ठी जम्मा भएकोे सार्वजनिक गरेको उक्त कार्यक्रममा सञ्चालक सदस्य सोहन रञ्जित तथा संस्थाका व्यवस्थापक पुण्यराम गोसाईलगायतले बोल्नुभयो । संस्थाले यहीँ फागुन १० गते २९ आैं स्थापना दिवसको अवसरमा संस्थाका बालबचतकर्तालाई लक्षित गरी अंग्रेजी हस्तलेखन प्रतियोगिता समेत आयोजना गर्ने भएको छ ।