इप्सन अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सूर्योदय स्कुललाई
माघ १४, २०८१, सोमबार | दिउँसो ०२:५७ बजे | 140
भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय युनिटी इ. स्कुलद्वारा आयोजित इप्सन कप अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जित्न सफल भएको छ । प्रतियोगितामा इडन गार्डेन इ. स्कुल, ग्लोबल एकेडेमी र विमल मेमोरियल स्कुलले क्रमश: दोस्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि - सूर्यबिनायक नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन कार्यक्रममा इप्सन अध्यक्ष जि.वि खड्का, आयोजक युनिटी स्कुलका प्रिन्सिपल विपिन गुमाञ्जुले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा इप्सन उपाध्यक्ष विजय कर्माचार्य, सचिव विक्रम थापा, सहसचिव केवि ङाखुसी, सदस्य सञ्जय खड्का, अनिष राई लगायतले पनि विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । इप्सनले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विविध गतिविधिहरूको आयोजना गर्दै आएको जानकारी आयोजक विद्यालयका प्रिन्सिपल विपिन गुमाञ्जुले गराउनुभयो ।