वागीश्वरीका विद्यार्थीहरुले गरे इलाममा सामुदायिक सर्वेक्षण


माघ ११, २०८१, शुक्रबार | विहान १०:०६ बजे | 110


वागीश्वरीका विद्यार्थीहरुले गरे इलाममा सामुदायिक सर्वेक्षण

भक्तपुर । वागीश्वरी कलेज स्नातक तहका मानविकी सङ्कायका तेस्रो र चौथो वर्षमा सामाजिक कार्य, समाजशास्त्र र ग्रामीण विकास विषय अध्ययनरत २६ जना विद्यार्थीहरुको जनकपुर, इलाम र दार्जीलिङमा सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम माघ २ गते देखि ४ गतेसम्म भयो । 
कार्यक्रमको पहिलो दिन विद्यार्थीहरुले सिन्धुलीको रमणीय दृश्यहरुको अवलोकन गर्दै जनकपुरको अध्ययन भ्रमण गरेर कोशी नदीको पनि जानकारी लि“र्दै इटहरी पुगेको थियो । दोस्रो दिनको विहान सबेरै सुनसरीको प्रसिद्ध सिमसार क्षेत्र बेतना पुगेर अध्ययनको यात्रा सुरु गरेको थियो । तत्पश्चात, सो टोली इलामको सानो पाथीभरा र कन्याम चिया वगान पुगेको थियो । चिया खेतीको मनोहर दृश्यावोलकन पछि विभिन्न समूह बनाएर विद्यार्थीहरुले घोडा चढाउने व्यवसायीहरु, टेम्पो चालकहरु, किराना पसल व्यवसायीहरु, नर्सरीका व्यवसायीहरु, होटल व्यवसायीहरु, श्रृ“गार तथा सा“स्कृतिक भेषभुषाका व्यवसायीहरु आदिस“ग सामाजिक सर्वेक्षण गरेका थिए । 
तेस्रो दिनमा फिक्कल बजार, पशुपति नगर हु“दै दार्जीलिङमा झोर पोखरी, चिडियाखाना भ्रमणस“गै बतासे, कञ्चनजङघा हिमालको पनि सुन्दरता अवलोकन गरेका थिए । साथै चौथो दिन धार्मिक तथा ऐतिहासिक स्थलहरु धरानको बुढासुब्वा, पिण्डेश्वर, दन्तकाली मन्दिर, मुक्ति धाम गएका थिए भने सा“झ विराटनगर हु“दै भारतको जोगबनीसम्म पुगेको थियो । 
पा“चौ दिनमा विद्यार्थीहरुले सूर्योदयस“गै प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्र पुगेर सो ठाउ“को महŒव बारे पुजारीबाट जानकारी हासिल गरे । र उदयपुर र सुनसरीको विचमा रहेको सप्तकोशीमा रमाउ“दै सिन्धुलीगढी संग्रहालयमा अध्ययन भ्रमण गरे । सो अध्ययन टोलीमा मानविकी सङकायका प्रमुख राजन फेलु, अतिरिक्त क्रियाकलाप समितिका संयोजक मंगलेश्वर ध्वजू र विषय शिक्षक अविना श्रेष्ठको पनि सहभागिता थियो । 
 

Comments