ख्वप साकोसको १७ औ वार्षिक साधारणसभा सम्पन्न


पुष २९, २०८१, सोमबार | विहान ०१:३२ बजे | 55


ख्वप साकोसको १७ औ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सचिव एवं प्रतिनिधी सभाका सदस्य माननीय सांसद का. प्रेम सुवालको प्रमुख आतिथ्यतामा बासु मावि कालीघाटमा सम्पन्न भयो । कार्यक्रममा उहाँले संस्थाका ७० बर्ष पुगेका १७ जना जेष्ठ सदस्यहरुलाई सम्मान र २०८० सालमा एसईई उतीर्ण १७ जना संस्थाका शेयर सदस्य र छोराछोरीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि का. प्रेम सुवालले सहकारी सदस्यहरुलाई आर्थिक रुपमा मात्र क्रियाशिल नगरी समाज सेवामा लगाउनु पर्छ । शेयर सदस्यहरुलाई गीत संगीत र नाचगानको प्रशिक्षण पनि चालु राखेमा शेयर सदस्यहरु स्वस्थ हुन्छ । आमा बुबाले मध्यपान र ध्रुमपान गर्दा छोराछोरीको मष्टिष्क कमजोर हुन्छ । सहकारीले पैसाको कारोबारमा मात्र सिमित नभई शिक्षा स्वास्थ्य संस्कृतिमा पनि चिन्तन गर्नपर्छ । नयाँ पुस्तालाई चित्रकला लगायत अन्य विधाको प्रशिक्षण दिनुपर्छ । केही दिन पहिले संसदीय समिति परराष्ट्र तथा मानब अधिकार समितिमा चिनीय बायुसेवा निगमको प्लेन चलाउन नदिएको चर्चा भएको यो चलाउन नदिने को हो भनि प्रश्न गरेको र एअरपोर्ट बनाउन भ्रष्ताचार गर्नलाई हो भनि सतापक्षका सांसदले बोल्दा भ्रष्ताचार गर्ने को हो भनि आपति प्रकट गर्दा समितिका सभापतिले निरंकुश राणा शासन देखाउन खोज्दा त्यसको प्रतिबाद गरेर नंग्याएको हो भन्नुभयो । भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले सहकारी संस्थाहरुको अनुगमन गरिरहेका चर्चा गर्दै सहकारी अध्यादेश सहकारीको औचित्य समाप्त गरी कमजोर नेर्र्तृत्व तयार गर्न ल्याएको हो भन्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि का सञ्चालक सदस्य काजी बहादुर पंचले संस्थाको आर्थिक गतिविधि सकारात्मक छ सरकारले ल्याएको अध्यादेश शंसोधन गराउनु बागमती प्रदेशका १३ वटा जिल्ला संघ र बागमती प्रस्कुनसंग मिली आन्दोलन गर्न आवश्यक छ त्यसको लागि ख्वप साकोसलाई आन्दोलनमा आउन तयार रहन अनुरोध गर्नुभयो । उहाँले आ.व. २०८०।२०८१ का असल बचतकर्ता पुण्यश्वरी ब्यान्जू र असल ऋणकर्ता संजय खर्वूजालाई प्रमाण पत्र वितरण गरी सम्मान गर्नुभयो । ख्वप साकोसका सल्लाहकार कुमार लघुले संस्थाको १७औं वाषिृक साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको प्रगति भएकोमा खुशी ब्यक्त गर्नु््भयो । संस्थाका अर्का सल्लाहकार बिमल राजचलले संस्थामा महिला सदस्य बढी भएकोले नेर्तृत्वमा पनि महिला सदस्य बृद्धि गर्न अनुरोध गर्नुभयो । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन १७औंं गरिमामय बार्षिक साधारणसभामा संस्थाका सचिव अमर बासुकलाले प्रस्तुत गर्नु भएको आ.व. २०८०।२०८१ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीनारयण सुवालले प्रस्तुत गर्नुभएको संस्ंथाको आर्थिक प्रतिवेदन र आ.व. २०८१।२०८२ को अनुमानित आय ब्यय र लेखा समितिका संयोजक लक्ष्मीदास बासुकलाले प्रस्तुत गर्न भएको आ.व. २०८०।२०८१को आन्तरिक लेखा परीक्षण प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा संस्थाका संचालक विकाश व्यान्जू र लेखा समिति सदस्य कृष्णराम सुलुले पनि सहकारीको महत्वमाथि प्रकाश पार्नुभयो ।

Comments