मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह नेतृत्वमा सशक्त टिम घोषणा
पुष २४, २०८१, बुधबार | दिउँसो ०३:४१ बजे | 50
हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको पुष २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटको नेतृत्वमा एक सशक्त टिम घोषणा गरिएको छ। आइतबार साँझ व्यवसायीहरुको भेलामा टिमले व्यवसायिक समुदायका सबै तहलाई प्रतिनिधित्व गर्दै समावेशी र दूरदर्शी योजना प्रस्तुत गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। रानाभाटको टिम व्यवसायीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवर्द्धन, र मकवानपुरको व्यापारिक समृद्धिमा योगदान पुर्याउने उद्देश्य राख्दै अगाडि बढेको छ। रानाभाटले आफूलाई अध्यक्ष पदका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आफ्नो अनुभव र प्रतिबद्धताको आधारमा संघलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका छन्। उनले भनेका छन्, “यो उम्मेदवारी व्यवसायीहरूको साझा आवाज बुलन्द बनाउन र संघलाई अझ सशक्त बनाउने अठोट हो।”