वागीश्वरी जिल्लाकै पहिलो QAA प्राप्त गर्न सफल
पुष २१, २०८१, आइतबार | दिउँसो ०२:५४ बजे | 170
भक्तपुरको वागीश्वरी कलेज जिल्लाकै पहिलो QAA (Quality Assurance and Accreditation) प्राप्त गर्न सफल कलेज बनेको छ । सामुदायिक कलेजहरुमा सर्वप्रथम साे कलेजलाई आज पौष २१ गते, आइतबार विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA- Quality Assurance and Accreditation) प्रदान गरेको हाे । QAA शिक्षा, स्वास्थ्य, उत्पादन वा अन्य क्षेत्रहरूमा गुणस्तर सुनिश्चित गर्न र मान्यता प्रदान गर्न प्रयोग गरिने प्रक्रिया वा प्रणाली हो। यसले कुनै संस्था, उत्पादन, वा सेवाले तोकिएको मापदण्ड पूरा गरेको सुनिश्चित गर्छ। शिक्षा क्षेत्रमा, QAA ले शैक्षिक संस्थाहरूको पाठ्यक्रम, शिक्षण गुणस्तर, पूर्वाधार, र व्यवस्थापन जाँचेर मान्यता दिने गर्दछ ।