जेष्ठ नागरिक चौतारी ठेचोको स्मरण भ्रमण


पुष २१, २०८१, आइतबार | विहान ०६:२८ बजे | 60


जेष्ठ नागरिक चौतारी ठेचोको स्मरण भ्रमण

प्रताप राना मगर हाम्रा अग्रज जेष्ठ नागरिकहरुको अवस्था हिजो, आज र भोलिको वारेमा जानकारी ज्ञान आर्जन गर्न विभिन्न तत्थ्यगत वस्तुस्थिति उल्लेख गरी दस्तावेज तयार गर्ने क्रममा म र मेरो आदरणीय वहुआयामिक अग्रज व्यक्तित्व डा.इन्दुल केसिज्युको सल्लाह र साथमा विभिन्न जेष्ठ नागरिकहरु क्षेत्रका सामाजिक अभियन्ताहरु, संघ संस्थाहरुमा भ्रमण, गोष्ठि, अन्तरक्रिया, संवादहरु र अन्र्तरवार्ताबाट संगालिएका विवरणहरु यहाँ प्रस्तुत गरिएका छन् । यस मध्ये केहि संघ संस्था तथा सामाजिक अभियन्ताहरुको नामहरु उल्लेख गर्न गई रहेको छु । १) पशुपति वृद्धाश्रम, नेपाल सरकार समाज कल्याण केन्द्र । २) सिद्धि सालिग्राम जेष्ठ नागरिक घर (भक्तपुर) । ३) हिमालय वृद्धाश्रम (गोगंबु काठमाण्डौ) । ४) मानवसेवा (जेष्ठ दिवासेवा) सरु विष्ट वानेश्वर । ५) नागरिक पोष्ट डट कम जेष्ठ नागरिक संवाद । ६) ग्रेसफुल ऐजिङ, ग्रेसफूल लिभिङ्ग । ७) फरक धार जेष्ठ नागरिक संवाद । ८) रिटार्ड क्लव कलंकी डा. केवि सम्राट । ९) आदर निकेतन “दिवा सेवा भक्तपुर” । १०) जेष्ठ नागरिक चौतारी, ठेचो । यसै क्रममा मिति २०८१ साल मार्ग १८ गते सोमवार, गोदावरी नगरपालिका वडा नं. १२ ठेचो, ललितपरु स्थित जेष्ठ नागरिक चौतारीमा हामी स्थलगत अवलोकन, अध्ययन, भ्रमण गर्न पुग्यौं । म र विश्व शान्ति केन्द्रका अध्यक्ष डा.इन्दुल के.सी ज्यूलाई भव्य र सभ्य ढंगवाट संस्थाका अध्यक्ष मेरो आदरणीय दाजु श्री वालकृष्ण थापा मगरज्यू, संचारकर्मी तथा लेखक ब्रबिम वस्नेतज्यू र यस संस्थाका अन्य पदाधिकारीहरुवाट स्वागत र सत्कार गरियो । यस जेष्ठ नागरिक चौतारी ठेचोको विविध पक्षहरु छन् । हाम्रो कम समयमा पनि मेरो मानसपटलमा चित्रित र संचित केहि संक्षिप्त विवरण वुँदागत पेश गर्न गई रहेको छु, जुन यस संस्था बारे अन्य संघ, संस्था र महानुभावहरु समक्ष पनि अनुभव वाड्न सान्दर्भिक ठाने । १) यो संस्था जिल्ला प्रशासन कार्यालय, लितिपुरमा २०७६ साल भाद्र १२ गते विधिवत दर्ता भई गो.न.पा.वडा नं.१२ ठेचो स्थित लक्ष्मी निवासमा क्रियाशिल रहेको छ । यस्तै गरी अन्य ७ कार्य क्षेत्रबाट पनि सेवा प्रदान गर्दै आएको छ । २) यो संस्था स्वदेश तथा विदेशी संघ, संस्थाहरुमा आवद्व रहेछ । जस्तै ब्नष्लन ल्भउब,ि ज्भउिब्नभ क्ष्लतभचलबतष्यलब,ि न्ब्च्इए, ब्ऋब्ए को साथै अन्य संघ, संस्थाहरुसंग पनि सहकार्य गरिरहेको जानकारी लिने अवसर मिलेको थियो । ३) जेष्ठ नागरिक चौतारीले “स्वास्थ्य नै धन हो” भन्ने नारा वोकेको यो संस्थाको सेवाले तन्दुरुस्त, स्वस्थ्य र सकृय वुढ्यौली जीवन विताउनु पर्छ भन्ने विविध गतिविधिहरुवाट प्रेरणा र सन्देश प्रवाह गरेको पाईन्छ ४) जेष्ठ नागरिक चौतारीमा भ्रमण, अध्ययन र अनुसन्धान गर्न प्रसस्त ज्ञान भएको नमूना विश्व विधालय नै रहेको भान भयो । त्यसैले सवैले यहाँ भ्रमण गर्न छुटाउन नहुने पवित्र धाम रहेछ । ५) यस संस्थामा निःशुल्क रक्तचाप, सुगर परिक्षण प्राथमिक उपचार, निःशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन गरी जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको अभिलेखीकरण गर्नुको साथै उक्त अभिलेखीकरणको आधारमा आवश्यक्तानुसार वरिष्ठ मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ चिकित्सक श्री बुद्व बहादुर कार्र्की तथा जेष्ठ नागरिक विशेषज्ञ चिकित्सक श्री अनन्त अर्यालज्यूहरुबाट निःशुल्क स्वास्थ्य परिक्षण समेत गरिदै आएको जानकारीको साथै आहार विहार, सकारात्मक सोच, खेलकुद, शारीरिक व्यायाम, योग, ध्यान, संगीत, थेरापी साथै अन्य विभिन्न अवलोकन, भ्रमण र आवश्यकता अनुसार अन्य विविध कार्यक्रमहरु समेत संचालित हुँदै आएको प्रत्यक्ष भ्रमणबाट जानकारी लिने अवसर मिल्यो । ६) त्यस्तै गरी जेष्ठ नागरिकहरुलाई पुरस्कृत तथा सम्मानका साथै सहयोग र जिवन जिउने कला वारेमा प्रेरणादायि गतिविधिहरु समेत सञ्चालित हुँदै आएको रहेको छ । ७) यस जेष्ठ नागरिक चौतारी संस्थावाट नजिकैको जेष्ठ नागरिक पार्कको मनोरम रमणिय प्राकृतिक सुन्दरताले भरीपूर्ण रहेको छ । केहि समय पहिले फोहरको डंगुरले वातावरण दुर्गन्धित खाल्डो अहिले विरुवा, वनस्पति र फलफूलको शोभा, सुगन्ध र पंक्षिको सुमधुर आवाजले मन नै आनन्दित पार्ने बाताबरणको अवलोकन समेत गर्ने अवसर प्राप्त भएको थियो । ८) जेष्ठ नागरिक क्षेत्रका सामाजिक अभियन्ता श्री वालकृष्ण थापा मगरज्यू एक अनुभवि, लगनशिल र आर्दश पात्र हुनुहुन्छ । उहाँले अमेरिकामा वस्दा समेत अमेरिकाको रेडमण्ड शहरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा स्वयंसेवक भएर योगदान गर्नुको साथै नेपालमा संस्था स्थापना गर्नु पूर्व योजनानुसर अमेरिकको अन्य २१ राज्यहरुमा समेत जेष्ठ नागरिक दिवा सेवा तथा जेष्ठ नागरिक समुदायको प्रत्यक्ष भ्रमण तथा अवलोकन गरी जेष्ठ नागरिकहरुको अवस्थाको अध्ययन अनुसन्धान गरी यो संस्था स्थापना गरेको जानकारी प्राप्त भएको थियो । यस्तै गरी नेपालको ७७ जिल्लाहरुमा रहेको दिवा सेवा तथा बृद्धाश्रमका जेष्ठ नागरिकहरुको अवस्थाको अध्ययन अनुसन्धान गर्नुको साथै स्वास्थ्य सम्वन्धि अन्र्तक्रिया गर्ने योजनानुसार हाल सम्म ३१ जिल्लाको भ्रमण कार्य सम्पन्न गरी सकेको जानकारी प्राप्त भयो । आप्mनो जेष्ठ नागरिक जीवनलाई सक्रिय राख्न जेष्ठ नागरिकहरुको स्वास्थ्य क्षेत्रमा नै सम्पूर्ण जीवन सम्पर्ण गर्ने योजनानुसार हाल वहाँले जेष्ठ नागरिक क्षेत्रमा खोज अनुसन्धान गर्ने क्रममा जेष्ठ नागरिकहरुको गुण स्तरिय जीवन अर्थात ९त्तगबष्तिथ या षिभ या यमिभच उभयउभि० विषयमा शोत्रपत्र अर्थात एजम् को अीन्तिम शोधपत्रको कार्य पनि सम्पन्न गरी सक्नुभएको रहेछ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक सम्मेलनमा एजिङ्ग नेपाल र जेष्ठ नागरिक चौतारीको तर्फवाट प्रतिनिधित्व गर्दै इन्डानेसियाको बालि र थाइल्याण्डको बैैककमा भ्रमण गर्नु भएको रहेछ । त्यस्तै गरी राष्ट्रिय जेष्ठ नागरिक कोषले आयोजना गरको “प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवस–२०७८” को अवसरमा महामहिम राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूको बाहुलीबाट कदर–पत्रबाट समेत सम्मानित हुनु भएको रहेछ । जेष्ठ नागरिक चौतारी संस्थाको अगुवाईमा ठेचोमा जेष्ठ नागरिक क्षेत्रमा धेरै कार्य हुँदै आएको छ । ठेचो व्यायाम चौतारी पार्कमा विभिन्न आर्कषक शारिरीक व्यायामका उपकरणहरु जडान भएका छन् । त्यस्तै अन्य स्थानहरुमा पनि विभिन्न आधुनिक उपकरणहरु जडित छन् । जस्को उपयोग गरी सवै जानाले स्वास्थ्य लाभ लिईरहेका छन् । हामीले सेवाग्राहि र स्थानियसंग सोधपुछ गर्दा सवैवाट राम्रो कार्य भइरहेको मुक्त कण्ठले खुशिको भावना व्यक्त भएको पाइयो । हामीहरुले पनि उक्त चौतारीमा वसेर “ठेचोमा यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ” भन्ने नारा जुन पान आकारमा अंकित तस्विरमा रमाइलोपलको कैद ग¥यौं । वरिष्ठ अग्रज डा.इन्दुल के.सी.ज्यूले जेष्ठ नागरिक चौतारीको आगन्तुक पुस्तिकामा हस्ताक्षर तथा शुभ–कामना प्रदान गर्नु भयो । ८) हामीले स्वागत र सत्कारको झलक यस जेष्ठ नागरिक चौतारीको कार्यालयमा हामीलाई भव्य र सभ्य ढंगले स्वागत गर्नेक्रममा अध्यक्ष श्री वालकृष्ण थाप मगराज्यू र संचारकर्मी तथा लेखक श्री ब्रबिम वस्नेतले संस्थाको गतिविधिहरुको संगालो स्मारिका, पुस्तक, पमप्लेट, ड्रेस, व्याज लोगो स्वास्थ्य परिक्षण पुस्तिका प्रदान गर्दै संस्थाको तर्फवाट “मायाको चिनो” उपहार प्रदान गरेर हामीलाई सम्मान् गर्नु भयो । त्यसैगरी मेरा मित्र ब्रीबिम वस्नेतज्यूले उहाँद्धारा लिखित “मनोविज्ञान नामक” कृति पुस्तक पनि उपहार स्वरुप प्रदान गर्नु भयो । त्यसैगरी हाम्रा अग्रज ८४ वर्षे बहुआयामिक व्यक्तित्व “नेपाल रत्न” डा.इन्दुल केसिज्यू द्धारा प्रकाशित “दुई थुङ्गा फूल” जो ३० वटा अन्य भाषामा अनुवादित पुस्तक जो विश्व किर्तिमानि हुनसक्ने किर्ति र शव्द सागरमा मोतिको ज्योति पुस्तकहरु पनि जेष्ठ नागरिक चौतारी संस्थालाई डा.इन्दुल केसिज्यूले प्रदान गर्नु भयो । अन्त्यमा, यो जेष्ठ नागरिक चौतारी सरल, सहज र सुविधायोग्य स्थलमा अवस्थित भ्रमण योग्य स्थल रहेको छ । यो संस्थाको अन्य संस्थाहरुसंग घनिष्टता वढोस । यस जेष्ठ नागरीक चौतारी, ठोचोले प्रथम चरणमा नमुना ९एष्यित एचयवभअत० को रुपमा नेपाल राज्यको ७ वटा प्रदेश तथा दोस्रो चरणमा ७७ जिल्लाहरुमा नै कार्य क्षेत्र विस्तार गरी सेवा प्रदान गर्ने योजना पुरा होस । यस्तै गरी यस संस्थाको अध्यक्षज्यूको भावियोजना पुरा होस, सहयोगी तथा मनकारीहरु जुटोस, जेष्ठ नागरिक चौतारी, ठेचोको आफ्नै जेष्ठ नागरिक मैत्री भवन निर्माण गर्नको लागि जग्गा खरिद गरी दिने मनकारी दाताहरुको पहिचान गरी विनम्र अनुरोधकोलागि पहल गर्ने र संस्थाको नाममा जग्गा प्राप्त भएमा अन्तरराष्ट्रिय स्तरको जेष्ठ नागरिक बाताबरणिय मैत्री भवन निर्माणकोलगि विशेष पहल गर्ने योजना पुरा होस र आफ्नै भवन होस, जेष्ठ नागरिकहरुलाई व्यापकरुपमा सेवा प्रदान गर्न सकोस, जेष्ठ नागरिकहरुको आवाज सडक देखि सदन सम्म पु¥याउने नेतृत्वमा पुगोस भन्नेमा हामि आशावदी छौं । संस्थाको उन्नति प्रगतिको शुभ–कामना व्यक्त गर्दछौ । स्वास्थ्य धन हो ।

Comments

ताजा खबर