टाइमपास : सान्ताक्लज


पुष १०, २०८१, बुधबार | विहान ०५:३६ बजे | 20


टाइमपास : सान्ताक्लज

सुनील सापकोटा , भक्तपुर आज इशाईहरुको क्रीसमसको पर्व हो। सान्ता क्लज (Santa Claus) को कथा विशेष गरी क्रिसमस सँग सम्बन्धित धार्मिक सांस्कृतिक र पौराणिक कथाहरूबाट आएको हो। सान्ता क्लज एक काल्पनिक पात्र हो।जसलाई विशेष गरी क्रिसमसमा बच्चाहरूलाई उपहार दिने दयालु हँसिलो र प्रेमिल व्यक्तित्वको रूपमा चित्रण गरिन्छ। यिनको पहिचानमा सेतो दारि, रातो रंग भएको कपड़ामा सेतो रंगको बोडर भएको लुगा र लामो टोपी लगाएको बुढो ब्यक्तिको रुप मा चिनिन्छ। यिनको उत्पतिको कथा अनेक रहेछन्। तर यिनि बाइबल पुस्तकमा उल्लेख गरिएका पात्र भने होइनन् । सान्ताक्लज ऐतिहास " सेंट निकोलस " नामक व्यक्ति सँग सम्बन्धित रहेछ। भनिन्छ कि यिनि टर्कीका एक बिशप थिए। उनी गरिब रआवश्यकता भएकाहरूलाई सहयोग गर्नुकासाथै बच्चाहरूलाई माया गर्थे भन्ने कथाहरु छन। यसरी सन्त निको लसको उदारताको कथा बिस्तारै युरोप भरि फैलियो र उनी Sinterklaas को नामबाट पहिले नेदरल्याण्डमा लोकप्रिय भए। अनि पछि अमेरिकी संस्कृतिमा यस कथाले आधुनिक Santa Claus को रूप धारण गर्यो l सान्ता क्लज केवल एक काल्पनिक पात्र भए पनि उनले उदारता प्रेम र आनन्द बाँड्ने प्रतीकको रूपमा काम गर्छन् भन्ने धार्मिक मान्यता रहेछ। विशेष गरी बच्चाहरूका लागि उनी खुशी र चमत्कार को स्रोत मानिन्छन्। सान्ताक्लजको कथा एउटा ऐतिहासिक व्यक्तित्वको वास्तविक जीवनमा आधारित भए पनि यो समय सँगै पौराणिक र सांस्कृतिक कथा बनेको छ।क्रिसमसको रात अर्थात २४ डिसेम्बरको रात उनले चुपचाप बच्चाहरूका लागि उपहार छोड्छन भन्ने आधुनिक भनाउदो क्रीस्चियन समाजमा पनि यो रुढीवाद रहेछ। धन्यवाद !

Comments