जनताकाे शान्ति र सुरक्षा कसले लुटेको छ ?
पुष ९, २०८१, मङ्गलबार | विहान ०१:०२ बजे | 85
यज्ञबहादुर कार्की
मुलुक , शासक र जनता यी तीन विना न ,त जनताको न ,त राज्यको न,त शासन चलाउनेकाे ( शासकको ) कुनै अर्थ र महत्त्व नै रहन्छ । मानाै यी तीन शरिरका मुटु, फाेक्साे र कलेजाे हाे र एक विना दाेश्राे मृत सरहनै मानिन्छ । सरकारमा वस्ने संवेदनशील हुनुचाहिँ दिमागकाे महत्त्वपूर्ण कार्य हाे र जसले समुर्ण शरिरका कृया चलाउँदछ ।
नेपालकाे प्रसंगलाई लिउँ र हेराै के भईरहेछ ,? के हुदैछ ? ? के का लागी भईरहेकाे छ र किन भईरहेछ ? यी प्रश्नहरुका जटिलतालाई मनन नगर्ने हाे भने भाेली के हुनेछ आजै अनुमान लगाउन सकिन्छ ।
के नेपालमा बुद्धिजीवी छैनन ? राजनिज्ञ र राजनिती कर्मीहरु छैनन ? पत्रकार , शिक्षक , वकिल , न्यायविद् स्वास्थ्यकर्मी , सुरक्षाकर्मी काेही छन या छैनन ? कुन अर्थमा छन ? कुन अर्थमा छैनन् । चिराफारा गराै त ? त्यतापट्टी बहश नगराै सन्दर्भमा नै लागाै । अब हेर्दै भनाै जनताकाे प्रमुख माैलिक बिषय शान्ति र सुरक्षा तत्पश्चात न्याय , शिक्षा स्वास्थ , राेजगारी आदि हुन कि हैनन । छ त सबै कुरामा ठिक छैन भने फेरि के काे लाेक तन्त्र ,कसकालागी लाेक तन्त्र ? के हाे राज्य भनेकाे ? के हाे जनता भनेकाे ? के हाे शासक भनेकाे । गाँठी कुरा अब लेखाै लाेक तन्त्र आएपछि सामान्य र अति उच्चस्तरीय तहका व्यक्तिहरुकाे हत्या भयाे कि भएन खै त त्यसकाे अत्तोपत्तो लागेको ,?लगाईईएकाे? त्यसैले यी प्रश्न उठनु नामनाशिव हुँदै हुदैन । प्रमुख विषय शान्ति र सुरक्षाकाे दाईत्व कसले वहन गरेको छ ,? कानुनले निश्चित रुपमा कस कसलाई ताेकेकाे छ उठाउनु पर्ला र ? राज्य सरकारले शान्ति र सुरक्षा दिने कवुल गरेको छ भने ,यदि राज्य हाे भन्ने मान्य हाे भने त्याे पूरा गर्न नसक्दा के गर्नु पर्दछ ? भनिरहनु पर्ला र ? याे नसक्नु नहुनुकाे कारण के जड के हाे त्याे पनि भनिरहनु पर्ला र ? अब प्रश्न उठाउ अनिश शाक्यदेखि ? चरी धैटेदेखि , निर्मला पन्तदेखि , राजा विरेन्द्रकाे स परिवारदेखि ,जमिन शाहदेखि , मिर्जन दिल वेगदेखि , मदन भण्डारीदेखि , सुशील काेईरालादेखि , अब प्रश्न उठाउने कि न उठाउने राज्यले आम नागरिकलाई पर्दा शान्ति र सुरक्षा दिन सक्छ कि सक्दैन त ?, कि राज्य द्दारा दिईएका मृत्यु दण्ड हुन ती । खै त्यसका विषयमा उठेका आवाजहरुकाे सुनुवाई ? अतः तत्कालीन अबस्थादेखि वर्तमानमासम्म नेपालमा शान्ति सुरक्षाकाे दाईत्वका सन्दर्भमा सरकार चुकेका्े छैन सक्षम छ भन्न सकिदैन ,छ भन्नू हुदैन यहि निष्पक्ष भनाई हाे ।
अब शासक र राजनितीकाे कुरा तर्फ जाँउ ,के नेपालमा साच्चै राजनिती गर्ने व्यक्ति वा दलका नाउँमामा दल छन त ? नाम त राखे कम्युनिस्ट भनाै भने त क्रान्ति कारी रे , याेगदान रे ,वलिदान रे , समाजवादी रे वा गजव ! परेकाे वेलामा तीनै राज्य विरुद्धकाे गम्भीर अपराधमा लागेका पाषाण आत्मा लिएका तिनीहरुलाई घाेच्दैन पाेल्लदैन । राजनिती प्रसंगमा धेरै धेरै सेलाए, वदलिए ,ती बिषयकाे पनि ईतिहास बनिसकेकाे छ भविष्यमा पुस्ता बचे भने पढलान दुःख मान्लान । अहिले सक्षेपमा भन्दै शिक्षामा के छ ? स्वास्थमा के छ ? ,राेजगारीमा के छ भईदिएका भए यत्रा किन पलायन भन्नू नै पराेईन । समसामयिक बिषय रवि तर्फबाट बाटै उठाउ । याे फाैजदारीकाे विषयमा पुगेकाे छ यसमा दुवै तर्फबाट खेलिएका खेलहरु ज्यादै डरलाग्दा, लाजमर्दो पनि छ । नैतिकता, धर्म सम्वेदनशिलता , हिनताबाेध, न्याय ,धर्म सवै सबै दाउमा राखेका छन ,भविष्यकाे सम्भावित शक्ति र शासनकाे वागडाेर चलाउने मनशायमा ,जनतालाई राजनिती दाँउपेचमा राख्ने वा उच्छाल्ने हाे भने संगठन वनाउनेहरुले फाल्ने जालमा या त शक्तीमा रहनेले बनाएका खर्चेका ले नै जाेखिम माेल्ला अरुलाई के त्यसैले असर पार्ला र ? म बाम्वार भन्दै आएकाे छु आफ्नो समाजलाई, देशलाई मायाँ गर्छु भन्नेहरु प्रलाेभनमा नपर तिमीहरु ,। अनावश्यक डरमा नपर सुद्द चैतन्यमा रहेर आफ्नाे समाजलाई, आफ्नो परिवारलाई ,सक्दछाैउ भने आफ्नाे देशलाई गिजाेलिनेहरुबाट पृथक राख्ने प्रयत्न गर । यहि मातृभुमी प्रति तिमीहरुले जन्म लिएकाे कर्तव्य हाे कर्तव्यबोध गर्न सक्छाै सक्दैनौं म जान्दिन प्रथम त लाेकतन्त्र ल्याईदिने सुदुर देशमा छ उ अझै के के चाहन्छ मलाई थाह छैन अनुमान छ उ पनि जिल्लीएकाे छ। अहिले उसले ल्याईदिएकाे लाेक तन्त्र भन्ने याे खाना अरुनै शक्तिशालीले खाेसेर खाई दिए किनकी सेयर उनीहरुले पनि किन्दै गए उनैहरुकै ठुलाे सियर रह्याे त के गर्ने टारगेट जति छ त्यो त नजिकिदै छ जसरी दैनिक मृत्यु नजिकि झै ।
भविष्य डरलाग्दो नबनाउने हाे भने वेलैमा ततस्ट रहन जान ।
या साेध तिम्रा नेतालाई कतालान लागेका छाै देश ?
पुर्खाकाे संस्कार मैले विर्सिए या हजुरले साेध एकपल्ट उनैलाई ? खाक्रोमै रमाएर वारम्वार गल्ती गरिरहन्छां भने ईश्वरले पनि तिमीलाई सुधार्न सक्ने छैन अरु के भनाै । अब राज्य , जनता र शासककाे समन्वय छ छैन यु .एन .ओ.
लाई साेध्न जाउँ उसले यस मुलुकलाई राज्यकाे संज्ञा दिएकाे छ र यहाँ छ के र भैरहेछ कसबाट ? निर्काेल त उसले दिन सक्ला नसक्लाई साच्चै नेपाली जनतालाई पनि । अस्तु