श्री धम्माेत्तर महाविहार ( मुनि विहार ) एक परिचय


पुष ८, २०८१, सोमबार | विहान ०५:३५ बजे | 5


श्री धम्माेत्तर महाविहार ( मुनि विहार ) एक परिचय

89
h837iug48
यज्ञ बहादुर कार्की, गुण्डु
नमाे तस्य भगवताे अरहताे सम्मासम्बुदस्य "
वि.सं.१७३१ अर्थात आजभन्दा करिव ३५० बर्ष अगाडि याे विहारकाे स्थापना श्रद्दय मुनि बुद्धाचार्यबाट हुन गै याे मुनि विहार नामक विहार भक्तपुर जिल्ला भ .न.पा . वडा नं ७ ईनाचाे टाेलमा अवस्थित रहेको र यसकाे स्थापनाकाे केही काल पछि रेखदेख गर्नेकाे अभावमा भत्त्किई जिर्ण भएकाे थियो भन्ने र पछि वि.सं २००९ देखिनै यस विहारमा वसाेवास गर्नु भएका थेरवादी भिक्षु रत्न ज्वाेति महास्थीविरले आफ्ना पुण्यकर्ता हकवालाहरुबाट दानमा प्राप्त गर्नु भै पुण्य धम्म स्थापना हेतु यसकाे संरक्षण र उद्दारकार्यमा दत्त चित्त भ‌ै लागी युग सापेक्ष थेरवादी प्रब्रज्या दिक्षा दिन का लागि दिनु भएकाे थियाे ।
शालीन र भद्र रुपमा आफ्नो दिनचर्या व्यतीत गर्ने जाे काेहीले पनि बुद्धकाे बाल्यकालकाे ईतिहास पढेर पाठ सिक्दै पछि सांसारिक दुःखबाट मुक्त हुने सरलमार्ग बुद्ध दर्शनले प्रतिपादित गरेकाे र पछि बुद्धका अमुल्य उपदेशबाट जीवनमा शान्ति प्राप्त गर्न र निर्वाण प्राप्तीको लागि समेत प्रेरणा जागृत हुने कुरामा दुई मत छ‌ैन ,। मानव जीवनमै ऋतम्भरा प्रज्ञा प्राप्त गरि भगवानका रुपमा लाेकमा मान्य हुन बुद्ध सफल बन्नु भयाे । आज संसारभर वहाकाे उपदेश र ज्ञानकाे फैलावट भएकाे छ ।
हुन त आजकाे काेलाहलमय विश्वमा वहाकाे उपदेश र दर्शनकाे झनै महत्त्व छ ,वहाँ भन्नू हुन्थ्यो ,दुःखकाे कारण छ र निवारण पनि छ वहाँ तृष्णा दुःखकाे मुल र यसलाई धटाउदै निशेष गर्न सक्नु आनन्द र सुखकाे परकाष्ठा हुनपुग्दछ भन्ने गर्नु हुन्थ्यो ,यसकालागी आर्य सत्यकाे मार्ग पनि वताउनु भयाे । वहाकाे the Path Of purification अनुवादक भिक्षु सम्यक् सम्वाेधि प्राण पुत्रले र काेण्डन्य संधाराम ले त्रिपिटककाे सारसंक्षेपमा अनुवाद र संम्पादन गरि सक्नु भएकै छ ।
पहिलो परिच्छेदमा शिल निर्देश, दाेश्राे परिच्छेदमा धुताङग निर्देश ,तेस्रोमा कर्म स्थान ग्रहण निर्देश चाैथाेमा पृथ्वी क्षीण निर्देश ,पाचाैमा शेष क्षीण निर्देश गरि तेहिसाै परिच्छेद सम्ममा अनेकौं निर्देशहरुले र विस्त्रित ज्ञानले भरिपुर्ण छन । जसरी किराँतहरुकाे मुग्धुम ,क्रीस्चियनहरुकाे पवित्र वाईवल ,हिन्दुहरुकाे वेद ,मुस्लिमहरुकाे कुरान ,जैनहरुकाे महापुराण हाे भने बाैद्दहरुकाे त्रिपिटक महान ग्रन्थ हाे ।
यसैगरि क्रीस्चियनहरुकाे चर्च ,मुसलमानहरुकाे मका मशजिद ,हिन्दुहरुकाे चारधाम मठ मन्दिर , शिखहरुकाे गुरुद्दार.र बुद्धीस्टहरुका संध र विहार धर्म क्षेत्र मानिन्छन् ।
हुनत मानवको अमुल्य जीवनलाई ज्ञानले भरिपुर्ण गराई
शान्तिकाे मार्गमा डाेर्याउने बुद्धका उपदेशहरु साच्चै नै चमत्कारी यथार्थपरक छन अर्को तर्फ भने बुद्धले सिकाउनु भएकाे विपश्यना ध्यानकाे मार्ग पनि त्यतिनै महत्त्वपूर्ण छ ,जुन नेपालकाे सन्दर्भमा धम्म श्रृगमामा सिकाईन्छ । बुद्धका सम्वन्धमा राम्रोसंग जानकारी लिन मुनि विहार जादा ज्ञात हुन्छ कि याे पवित्र स्थल जादा उत्तम नै हुनेछ ।
मुनि विहारका सन्दर्भमा भन्नू पर्दा याे विहारलाई २०३२ सालमा शिष्य भिक्षु ( भिख्खु ) महेन्द्र भन्तेले उद्दारमा दिई आउनु भएको र २०५५ सालमा देखि चाहिँ निरन्ततकाे बिकाश नयाँ पुस्ताका भिक्षुहरुमा हस्तारन्तरण हुन गएको हाे
र २०५५ साल देखिनै यसका संरक्षक थाई १९ औ राजगुरु परमपुज्य संधराज भिक्षु समतेच ब्रञाणसंवर( सुवङ्गन महाथेर) बाट विशाल बुद्ध मुर्ति र आर्थिक सहयाेग प्राप्त भएको र २०५८ देखि २०६५ भित्र विहार देखि उत्तर क्षेत्रमा उपसथागार मन्दिर वनेकाे हाे ।
वि.स. २०७२ सालमा यसले सम्वन्धित मन्त्रालय अन्तर्रगत
बाैद्द दर्शन प्रर्वधन तथा गुम्बा बिकाश समिति बनाई यसलाई शार्वजनिक विहार बनाई सकेको र क्र. स २०८३नं दर्ता हुन गएकाे छ भन्ने जानकारीमा आएको छ ।
माथि उल्लेख नुसार छाेटाे परिचय पाई बुद्धका अनमाेल बचनलाई चरित्रमा उतारि संय्मक दृस्ठि ,संय्मक वचन पालना गर्न प्रतिवद्दता जनाउन तहाका भिक्षु ,श्रामसेर,अनागारिकाहरु छन ।जन साधारणहरुलाई पनि यस महत्त्वपूर्ण कार्यमा यस विहारमामा पुण्य तिथिमा दान गर्न पाउने विशेष व्यवस्था उपलब्ध छ साथै औसी पुर्णिामा ,अष्ठमी आदि हिन्दु चाडपर्वकाे सुअवसरमा पनि पुजा ,पाठ ,ध्यान , धर्म देशना हुने व्यवस्था बिध्यमान अवस्थामा समेत रहेकाे जानकारी हुन आएकाे छ यसरी अति लाेक पृयको रुपमा अवस्थित याे विहार भक्तपुर ईनाचाे टाेल वडानं ७ मा रहेकोमा सवै भक्तपुर बासि गाैरवानवित रहेका पनि छन ।
यहाका भिक्षु भन्तेहरुकाे सानिध्यमा रहेकाे याे अज्ञानतामा रुमलिएकाे लेखकले पनि थाेर बहुत ज्ञान प्राप्त गर्ने अबशर केही समय अगाडि एस .कृती . भन्तेबाट पाएकै हाे जसले गर्दा बुद्ध प्रती समर्पित भावलिई ,बुद्ध बचानुसार " बुद्धम सरणम् गच्छामी, धम्मम सरणम गच्छामी संघम् सरणम् गच्छामी " भन्दै याे लेखकाे अन्त्य गर्दछु ।

Comments