भक्तपुर महोत्सव भक्तपुरबासीहरुको साझा महोत्सव


पुष २, २०८१, मङ्गलबार | दिउँसो ०२:४० बजे | 5


भक्तपुर महोत्सव भक्तपुरबासीहरुको साझा महोत्सव

सुनिल प्रजापति, भक्तपुर नगरपालिका
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सवको आयोजना गरेको हो । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने हाम्रो अर्को उद्देश्य हो । बाह्य पर्यटनमा मात्र भर पर्न नहुने हाम्रो अनुभव छ ।
२०७२ सालको भूकम्प, भारतले गरेको नाकाबन्दी, २०७६ र २०७७ सालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट हामीले पाठ सिक्यौं । २ वर्षसम्म विदेशी पर्यटकहरु नेपाल नआउँदा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको थियो भने भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत नराम्ररी प्रभावित भयो । जनताको जीवन बचाउन जनतासँग आर्थिक सहयोग माग्नुपर्ने अवस्थासम्म सिर्जना भयो ।
भक्तपुर नगरपालिकाले जनतासँग अक्सिजन प्लान्ट राख्न सहयोगको हात बढायो । सम्पूर्ण नगरबासीहरुले आ—आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गर्नुभयो । एक डेढ महिनाभित्र साढे ६ करोड रुपैयाँ संकलन भयो । आजसम्म कुनै नगरबासीले अक्सिजन र रगतको निम्ति पैसा तिर्नुपरेन । भनपाले निःशुल्क उपलब्ध गराइरहेको छ । भक्तपुरबासीहरु एकजुट छन् भन्ने त्यो एक उदाहरण थियो ।
महोत्सवको अवधिमा ५ दिनसम्म हरेक दिन महत्वपूर्ण गतिविधिहरु गर्ने व्यवस्था मिलाएका थियौं । सोहीअनुसार पहिलो दिन मंसिर २८ गते विश्व सम्पदा सूचिमा सूचिकृत दरबार क्षेत्रमा महोत्सवको उद्घाटन, २९ गते खुल्ला बाँसुरी बाजा प्रतियोगिता उद्घाटन, मंसिर ३० गते बाँसुरी बाजाको पुरस्कार वितरण, पुस १ गते ख्वप इन्जिनियरिङ कलेजको १६ औं वार्षिक जयन्ती, भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सहकारी आवाज’ बुलेटिन र लेखक तेजेश्वरबाबु ग्वंगद्वारा लिखित ‘मै एक मै अनेक’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न ग¥यौ भने आज अन्तिम दिन ‘विगतमा भक्तपुर’ विषयक अन्तरसंवाद कार्यक्रम, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिक जयन्तीको अवसरमा पुरस्कार वितरण कार्यक्रम तथा भक्तपुर महोत्सवकै समापन कार्यक्रम गर्दैछौं ।
भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि समय समयमा घरेलु उत्पादन प्रदर्शनी, योमारी उत्सव, ‘बहाबही चिनौं’, ‘पोखरी पदयात्रा’ जस्ता कार्यक्रमहरु गर्दै आएको छ । ती सबै आन्तरिक पर्यटन केन्द्रित गतिविधिहरु हुन् । भक्तपुर महोत्सव त्यसैको सिलसिला हो ।
भक्तपुर महोत्सवलाई हामीले भक्तपुरबासीहरुको साझा महोत्सवको रुपमा विकास गर्न प्रयास ग¥यौं । सारा भक्तपुरबासीहरुलाई आ—आफ्ना सीप, मौलिक विषयहरु प्रदर्शनी गर्न आह्वान ग¥यौं । त्यहीअनुसार महोत्सव अवधिभर मंसिर २८ देखि आज पुस २ गतेसम्म नै यहाँका जनताले स्वयम्स्फूर्त रुपमा सहयोग गर्नुभयो । त्यसको निम्ति भक्तपुर नगरपालिकाको तर्फबाट सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं ।
हामीले ३२ वटा ठाउँ तोकेर प्रदर्शनीको व्यवस्था मिलाएका थियौं । अन्य ठाउँहरुमा स्वयम्स्फूर्त गतिविधि गर्न आह्वान ग¥यौं । अहिलेसम्म प्राप्त जानकारी अनुसार १७६ ठाउँमा विभिन्न गतिविधिहरु नगरबासीहरुले प्रदर्शन गर्नुभयो । त्यसको लागि पनि धन्यवाद व्यक्त गर्दछौं । भक्तपुर महोत्सवमा नेपालमा पहिलोपटक सिटिङ भलिबल खेल्ने रेकर्ड राख्न पनि सफल भयौं ।
महोत्सव भक्तपुर के हो भन्ने देखाउने अवधि रहनेछ भनेर हामीले भनेका थियौं । साँच्चै भक्तपुुरका सारा जनताले मौलिकता प्रदर्शन गरेर भक्तपुरको हिजो र आजको स्वरुप देखाउनुभयो । महोत्सव अवलोकन गर्नेहरुले भक्तपुरको वास्तविकता देख्ने र बुझ्ने अवसर पाएका छन् ।
महोत्सवमा चीन, रुस, श्रीलंका, पाकिस्तानलगायतका मित्रराष्ट्रहरुका कुटनीतिज्ञहरुले पनि अवलोकन गर्नुभयो भने नेपालका विभिन्न नगरपालिकाका प्रमुखहरु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मध्यपुर नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, शंखरापुर नपाका पूर्व प्रमुख सुवर्ण श्रेष्ठ, किर्तिपुर नपाका पूर्व प्रमुख रमेश महर्जन, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, किर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, नागार्जुन नपाका उपप्रमुख सुशिला अधिकारी, चन्द्रागिरी नपाका उपप्रमुख वसन्ती श्रेष्ठ, गोदावरी नपाका उपप्रमुख सुनिता महर्जन, शंखरापुर नपाका उपप्रमुख समिता श्रेष्ठ, दक्षिणकाली नपाका उपप्रमुख वसन्ती डंगोल, महांकाल गाउँपालिकाका उपाध्यक्ष डोमामाया गोले लगायत विभिन्न पालिकाका जनप्रतिनिधिहरुले अवलोकन गर्नुभयो । यहाँका जनताले गर्नुभएको मिहिनेत, परिश्रम र सृजना सारा जनताले देख्न पाएका छन् ।
भक्तपुर महोत्सव — २०८१ को अवसरमा आयोजना गरेको खुल्ला बाँसुरी बाजा प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण बाँसुरी बाजा समूहहरुलाई धन्यवाद तथा विजयी बाँसुरी बाजा समूहहरुलाई बधाईज्ञापन गर्न चाहन्छौं । हाम्रो आग्रहअनुसार ६० वटा भजन टोलीहरुले प्रगतिशील र आधुनिक भजन गाएर महोत्सवको आकर्षण बढाइदिनुभएको छ । पाटी पाटीमा भजन गायनले हाम्रा पाटीहरुको महत्व बढाइदिएका छन् । महोत्सव अवधिभर पाँचै दिन लायकु, टौमढी, दत्तात्रय, क्वाठण्डौंमा सांस्कृतिक प्रदर्शन गर्ने सांस्कृतिक समूहहरु, बाजा बजाइ नगर परिक्रमा गर्ने बाजा समूहहरु, नौदाफा भजन समूहहरुलगायत महोत्सवको सांस्कृतिक कार्यक्रमहरुमा प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवादज्ञापन गर्दछौं । खः प्याखंको परम्परागत पोशाक, स्थानीय नेवार समुदायको पोशाक प्रदशनीको लागि सहयोग पु¥याउने सहयोगी संघ संस्थाहरुलाई र पुस्तक प्रदर्शनीमा सहयोग गर्ने प्रकाशन गृहहरुलाई धन्यवाद दिन चाहन्छौं । महोत्सवका गतिविधि सञ्चालनको लागि स्थान उपलब्ध गराउने विद्यालयहरु, स्वागतद्वार निर्माण गर्ने संघ संस्थाहरु, फोटो प्रदर्शनीमा सहयोग गर्ने संघ संस्था र फोटोग्राफरहरु, चित्रकला र पौभा कला प्रदर्शनीका सहयोगीहरु, छ्वालीकलाका कलाकारहरु, जुजु धौ महोत्सवका सहयोगी संस्था, मृत्तिकाकला प्रदर्शनीमा सहयोग पु¥याउने सिर्जनशील हातहरुप्रति पनि भक्तपुर नगरपालिका कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
हरेक दिन साँझ पोखरीहरुमा दिपावलीले साँझको समय पनि उत्तिकै आकर्षक बनेको छ । दिपावली व्यवस्थापनमा सहयोग गर्ने संघ संस्थाहरु, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनीको लागि सहयोग पु¥याउने सहयोगीहरु, सांस्कृतिक कार्यक्रम देखाइ महोत्सवलाई भव्यता प्रदान गर्न सहयोग गर्ने विद्यालयहरु, सांस्कृतिक समूहहरु, परम्परागत धागो रंगाउने रञ्जितकार समाज, विभिन्न किसिमका इट्टा प्रदर्शनी व्यवस्था मिलाउने तुछिमला परिवारप्रति पनि हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं । 
विभिन्न टोलमा स्थानीय जनता र विद्यालय परिवारहरुले नेवार समुदायको जन्मदेखि मृत्युसम्मको सामाजिक संस्कार प्रस्तुत गरेर नेवारी जनजीवन बुझ्न चाहनेहरु सबैको लागि अवसर प्रदान गर्नुभएको छ । भक्तपुरको जीवित देवी कुमारी दर्शन र पञ्च दिपंकर बुद्ध दर्शन, बुद्ध अस्तु धातु दर्शन तथा बौद्ध दर्शनसँग सम्बन्धित प्रदर्शनीको व्यवस्था मिलाइदिनुभएकोमा सम्पूर्ण बहाबही, बिहार परिवार र सम्बन्धित पक्षहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । नवदुर्गा द्यो ब्वय्केगु व्यवस्था गरी नवदुर्गा दर्शनको व्यवस्थापन गर्ने भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समिति र नवदुर्गा गणप्रति पनि आभार व्यक्त गर्दछौं ।
ठाउँ—ठाउँमा मौलिक शैलीका ढोकाहरु बनाएर नगरका हरेक ठाउँ चोक चोकलाई सुन्दर बनाउनुभएको छ । विभिन्न ठाउँमा परम्परागत ढोकाहरुबाहेक महोत्सवकै लागि २० वटा ढोकाहरु बनाएर सहयोग गर्नुभएको छ ।
सहकारीका साथीहरुले ठाउँ ठाउँमा खानेपानीको व्यवस्था, स्टलहरु राखेर सहयोग गर्नुभएको छ भने भक्तपुर नगरका व्यापारी, व्यवसायी, होटल, रेष्टुरेन्टका साथीहरुले आआफ्ना घरका शौचालयहरु खोलेर अवलोकनकर्तालाई सेवा प्रदान गर्नुभएको छ । उहाँहरु सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
ख्वप अस्पतालको संयोजनमा ठाउँ ठाउँमा प्राथमिक उपचार केन्द्रहरु राखेर उपचारको व्यवस्था गर्नुभएको छ भने २५ वर्षपछि खः प्याखं अन्तर्गतका धु“ प्याखँ, गरुड र सिंहको प्याखं पनि प्रदर्शन गरेर सहयोग गर्नुभएको छ । ख्वप अस्पतालको संयोजनमा काम गर्ने सबै अस्पताल तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु तथा खः प्याखं परिवारलाई धन्यवाद दिन चाहन्छौं ।
नगरबासीहरुले हाम्रो आग्रहअनुसार ५ दिनसम्म प्रदर्शनीको समयमा मोटर, मोटरसाइकल प्रवेश नगरी अवलोकनकर्ताहरुलाई सहयोग गर्नुभयो । स्काउट, खेलाडी, विद्यालय, कलेज, व्यवसायी, स्वयम्सेवक टिमका सबैलाई पनि धन्यवाद ज्ञापन गर्दछौं ।
भक्तपुर महोत्सव — २०८१ को स्मारिका, प्रकाशनको लागि लेख रचना उपलब्ध गराउने लेखकहरु, विज्ञापनदाताहरु र सम्पूर्ण प्रकाशन सहयोगी व्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गर्दछु । त्यस्तै पिक्टोरियल बुकको लागि तस्बिर उपलब्ध गराउने फोटोग्राफरहरु, वाकिङ टुर, प्रकाशनमा सहयोग गर्ने सहयोगीहरु, सहकारी आवाज बुलेटिन प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु, महोत्सवको दैनिक बुलेटिन प्रकाशनमा सहयोग गर्ने सहयोगीहरुलगायत प्रकाशनसँग सम्बन्धित सबै पक्षहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
भक्तपुर महोत्सवको आवश्यक प्रचारप्रसारको लागि सहकार्य गर्ने मिडिया सहयोगीहरु मजदुर दैनिक, भादगाउँ टेलिभिजन, ख्वप टेलिभिजन, ख्वप सः, भक्तपुर एफएम, जनसञ्चार टिभी, एफ.एम. वेभसाइट, एबीसीडी खबर मिडिया, ङातापोल्हँ एक्सप्रेस र नागरिक दैनिक पत्रिकालाई पनि धन्यवाद ज्ञापन गर्दछु । सञ्चारकर्मी साथीहरुले व्यापक प्रचारप्रसार गरेर सांस्कृतिक टोलीहरुले सांस्कृतिक प्रदर्शन गरेर, ख्वप कलेजले पाँचै दिन नाटक प्रदर्शन गरेर, उद्योग मेला तथा घरेलु मेलामा सबैले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गरेर सहयोग गर्नुभयो । प्रचार सहयोगीको रुपमा सहयोग पु¥याउनुहुने छिकोङ समूह, साइकल कनेक्ट, पाटन म्युजियम, गंगालाल स्मृति प्रतिष्ठान, ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि., क्षेत्रीय मध्य उपत्यका बस व्यवसायी प्रा.लि., भक्तपुर ट्रक व्यवसायी संघ, प्रचार ¥याली गर्ने विद्यालयहरु, मिडिया प्लस, सिस्को फ्लेक्स प्रिन्ट र मयुर प्रिन्टप्रति पनि आभार व्यक्त गर्दछौं ।
भक्तपुर महोत्सवको मुख्य केन्द्रहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन सहकार्य गर्ने इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंक कम्पनी, महोत्सवको आधिकारिक वेभसाइट डेभलपर एफ.एन.क्लिक, गल्ली म्याप, महोत्सवको मोबाइल एप्स निर्माणमा प्राविधिक सहयोग गर्ने ख्वप कलेज अफ इन्जिनियरिङप्रति पनि आभार व्यक्त गर्दछौं । घरेलु औद्योगिक मेला सफल पार्न सहकार्य गर्ने भक्तपुर घरेलु तथा साना उद्योग संघ, व्यापार मेलाका सहयोगी संघ संस्थाहरु, स्टल, साउण्ड सिस्टम, मञ्च व्यवस्थाको लागि सहयोग गर्ने संघ, संस्थालगायत अन्य सहयोगीहरुलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
हामीलाई प्राप्त जानकारीअनुसार ५ दिनमा ६ लाखदेखि ८ लाख अवलोकनकर्ताहरुले महोत्सव अवलोकन गरे भने दैनिक करोडौं रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।
औद्योगिक मेलामा दैनिक सांगीतिक प्रदर्शनी भएको छ भने सुरक्षा निकायहरू जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालय, पर्यटक प्रहरी, जिल्ला प्रहरी कार्यालय भक्तपुरलगायतलाई अति राम्रो सुरक्षा व्यवस्था मिलाइ दिएकोमा धन्यवाद ज्ञापन गर्दछौं । सम्पूर्ण सरकारी कार्यालय प्रमुखहरुलाई पनि धन्यवाद छ ।
नगरपालिकाको आयोजनामा भएको महोत्सव सफल पार्न महोत्सव मूल समारोह समिति तथा विभिन्न उपसमितिहरुमा रहनुहुने जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तित्वहरु र महोत्सव सचिवालयका कर्मचारीहरु, नपाका कर्मचारीहरु, नगर प्रहरीहरु, नगरपालिकाअन्तर्गत सञ्चालित कलेज र अस्पतालका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । भक्तपुर महोत्सव सफल बनाउन सहयोग पु¥याउने अन्य विभिन्न दाफा भजन खलहरु, सांस्कृतिक नाच समूहहरु, स्थानीय अग्रजहरु, संघ संस्थाहरु, नेपाल टुरिजम बोर्ड तथा महोत्सवलाई भव्य रुपमा सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष योगदान गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
साथै भक्तपुर महोत्सव २०८१ अवलोकनको लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका मित्र राष्ट्र श्रीलंका, पाकिस्तान, रुस, चीनलगायतका मित्र राष्ट्रका कुटनीतिज्ञहरुमा पनि धन्यवाद व्यक्त गर्न चाहन्छौं । 
भक्तपुर महोत्सव २०८१ को उद्घाटन समारोहलाई सफल पार्न प्रमुख अतिथि, विशेष अतिथि र अतिथिको रुपमा पाल्नुभएका नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, बागमती प्रदेश सभा सदस्य सृजना सैंजु, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाड्ड, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवादज्ञापन गर्दछौं ।
(भक्तपुर महोत्सव २०८१ को समापन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Comments