एलएस लामाको पराजय आखिर कसको पराजय ?
पुष १, २०८१, सोमबार | साँझ ०४:१२ बजे | 0
विजय विस्फोट
नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पटक महासघको सबैभन्दा उच्च पद अर्थात् केन्द्रिय अध्यक्षमा लालसिह लामा (एल.एस लामा ) ले उम्मेद्वारी दिए । आदिबासी–जनजातीहरुले आरक्षण कोटाबाट होइन, खुला प्रतिस्पर्धाबाट आफ्नो पेशागत क्षमता र योग्यतालाई प्रदर्शन गर्नुपर्छ भन्ने सन्देश दिए । तर उनले आदिबाशी जनजातीको नाउमा स्थापित सन्चारमाध्यम र सस्था आबद्धबाट नै मत प्राप्त गर्न सकेनन् । चुनाबी गणितको दृष्टिले उनी पराजित भए । तर पराजय कसको भयो ? आदिबाशी जनजातीको नाउमा नारा लगाउने साथीहरुले एक पटक गहन छलफल गरून् । स्मरण रहोस् एल एसले आफ्नो उम्मेद्वारी कुनै दल अन्तर्गत दर्ता गरेका पनि थिएनन । बरु महासंंघमा हाबी दलीय दवाब र प्रभाबको अन्त्यका निम्ति आवाज उठाएका थिए ।