नव आदर्श सहकारीले खुद नाफा २३ लाख १६ हजार


मंसिर २३, २०८१, आइतबार | विहान ०६:२५ बजे | 50


नव आदर्श सहकारीले खुद नाफा २३ लाख १६ हजार

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित नव आदर्श बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक खुद नाफा २३ लाख १६ हजार ३ सय ६४ रुपैंया भएको छ । 
संस्थाको १७ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष राकेश श्रेष्ठले उक्त जानकारी दिदैं शेयर पुँजी २ करोड १६ लाख ८२ हजार ८ सय रुपैया र निक्षेप १५ करोड ६० लाख ७४ हजार ६ सय २० रुपैंया पुगेको जानकारी दिनुभयो । 
कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी अभियानका कारण सर्वसाधारणमा वित्तिय पहुँच पुगेको भन्दै कर्जा सूचना केन्द्र र स्थिरिकरण कोष सम्बन्धि मथिनपाले गरेको तयारीबारे छोटो जानकारी दिनुभयो । कार्यक्रममा मथिनपा सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, सहकारी बैंक थिमि शाखा प्रमुख सीता भ¤राई, भक्तपुर जिल्ला बचत संघकी कृष्णेश्वरी प्रजापति, शंखधर सहकारी थिमिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, संस्थाका सल्लाहकार डा.प्रभाकर खनाल लगायतका अतिथिवक्ताहरुले नवआदर्श सहकारीको सामाजिक कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा स्नातकोत्तर उत्तीर्ण संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई नगद सहित सम्मान गरिएको थियो । 
मध्यपुर थिमि नपा ४ का दाफा भजन गुरु कृष्णमान बके श्रेष्ठलाई नवआदर्श सांस्कृतिक सम्मान गरिएको उक्त कार्यक्रममा असल बचतकर्ता र असल ऋणिहरुलाई पनि सम्मान गरिएको थियो । दोसल्ला र ब्ला»्केट सहित ५५ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाका सचिव भाइरमेश प्रजापतिले सचिवको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जगत बहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा संयोजक सुरेन्द्र श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम सञ्चालक सदस्य दिपेन्द्र बज्राचार्यले संचालन गर्नुभएको थियो । थिमि बैंक्वेटमा भएको उक्त कार्यक्रममा मध्यपुर महोत्सव २०८१ सफल पार्न सबै अतिथिवक्ता एवं सहकारीकर्मीले प्रतिबद्धता व्यक्त गरेका थिए ।

Comments