सहयोगी सहकारीको अध्यक्षमा गोपाल श्रेष्ठ सर्वसम्मत


मंसिर २३, २०८१, आइतबार | विहान ०५:२३ बजे | 35


सहयोगी सहकारीको अध्यक्षमा गोपाल श्रेष्ठ सर्वसम्मत

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ बालकुमारीस्थित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लिमिटेड बालकुमारीको संचालक अध्यक्षमा गोपाल (चन्द्रकृष्ण) श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
सहयोगी सहकारीको १९ औं वार्षिक साधारण सभाबाट आगामि ४ वर्षका लागि ७ सदस्यीय संचालक समिति निर्विरोध चयन भएको नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी संचालक उपाध्यक्षमा जीवन श्रेष्ठ, सचिवमा सुवर्णभक्त श्रेष्ठ र कोषाध्यक्षमा प्रदिप श्रेष्ठ, सचिवमा सुवर्णभक्त श्रेष्ठ र कोषाध्यक्षमा प्रदिप श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । ७ सदस्यिक संचालक समितिको सदस्यहरुमा रामकृष्ण श्रेष्ठ, केशवचरण श्रेष्ठ र रामकेशरी श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । लेखा संयोजकमा जोतिष श्रेष्ठ र सदस्यद्धयमा सजनी श्रेष्ठ र रेनु श्रेष्ठ रहनु भएको नवनिर्वाचित संचालक अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ गोपालले जानकारी दिनु भएको छ । 
संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको पानसमा दिप प्रज्वलन गरी जेष्ठ शेयर सदस्य हेरा बहादुर तामस श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका विरेन्द्रभक्त प्रधाना»्ग, जिल्ला बचत संघ भक्तपुरका बालकृष्ण ध्वजु, मध्यपुर थिमि सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, बालकुमारी सहकारी थिमिका सचिव पृथ्वीराम श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष गतिविधिबारे चर्चा गर्दै शेयर सदस्यहरु १७ सय १ जना र शेयर पुँजी १ करोड ५२ लाख ३४ हजार ६ सय रुपैंया पुगेको जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष प्रदिप श्रेष्ठले सहयोगी साकोसले आ.व.२०८०=०८१ मा ६ लाख ८५ हजार ६ सय रुपैंया खुद बचत भएको तथ्य प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष सुवर्णभक्त श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका संचालक सदस्य केशवरचरण श्रेष्ठले संस्थाले ३ सय ६५ दिन नै सदस्यहरुलाई सेवा दिएको जानकारी दिदैं स्वागत मन्तव्य व्यक्त गर्नूभयो । जेष्ठ शेयर सदस्य हेरा बहादुर तामस श्रेष्ठलाई ब्ला»्केट, दोसल्ला, माला र सम्मानपत्रसहित सहयोगी जेष्ठ सदस्य सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयबाट गतवर्षको एसईई परीक्षामा उच्च अंक प्राप्त गरेका ४ जना छात्रछात्रालाई नगद सहित सहयोगी शैक्षिक सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्णचरण श्रेष्ठ पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । शंखधर बैंक्वेटमा थिमिमा भएको उक्त १९ औंसाधारण सभाबाट आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

Comments