यस्तो चल्दैछ मध्यपुर महोत्सबको तयारी


मंसिर २१, २०८१, शुक्रबार | दिउँसो ०१:२० बजे | 40


यस्तो चल्दैछ मध्यपुर महोत्सबको तयारी

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले भक्तपुर आउने पर्यटकहरु मध्यपुरमा पस्ने र बस्ने वातावारण निर्माण गरिने बताएका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरमा शुक्रबार आयोजित “मध्यपुर महोत्सव २०८१ बारे नगरप्रमुख सुरेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया कार्यक्रम” मा बोल्दै उनले मध्यपुर थिमि नगरपालिका काठमाडौं उपत्यकाको बिचमा रहेको नगरपालिका भए पनि यहाँं पर्यटक तान्न नसकेको बताए । यो मूर्त अमूर्त सम्पदाको धनी नगरपालिका हो, उनले भने, यो नगरमा हामीले अहिले आन्तरिक मात्र नभई ५ लाख बाह्या पर्यटक पनि भित्र्याउने लक्ष्य राखेका छौं । जसअनुसार हामीले तयारी पनि थालेका छौं ।
पुष १२, १३, र १४ गते आयोजना हुने मध्यपुर महोत्सव २०८१ लाई भव्य र सभ्य बनाउने योजना नगरपालिकाले अघि सारेको छ । महोत्सवले सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्व झल्काउने गरी विविध गतिविधि समेट्नेछ । मेयर श्रेष्ठका अनुसार, “महोत्सवमा स्थानीय कला, संस्कृति, परम्परा र व्यापारलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्नेछ । 
उनले मध्यपुर महोत्सब मध्यपुर महोत्सबलाई भब्य र सभ्य बनाउने योजनालाई केन्द्रमा राखेर नगरपालिकाले बिभिन्न गतिबिधि गरिरहेको बताए । महोत्सब पुष १२, १३ र १४ गते मध्यपुर थिमिको कोर एरियामा हुनेछ । 
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सोसाइटीका महासचिव केशव लुइँटेलले गरेका थिए ।

Comments