भव्य रुपमा मनाइयो भक्तपुर ट्रक व्यवसायी संघको रजत जयन्ती
मंसिर २१, २०८१, शुक्रबार | विहान १०:२४ बजे | 30
भक्तपुर । भक्तपुर ट्रक व्यवसायी संघ लिवाली भक्तपुर ८ को रजत जयन्ती तथा २५ औं साधारणसभा शुक्रबार भक्तपुरको वल्र्ड दरवारमा भव्य रुपमा सम्पन्न भएको छ । साधारणसभा तथा रजत जयन्तीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले गरे ।
कार्यक्रममा संघले प्रकाशन गरेको स्मारिकाको पनि विमोचन गरियो । स्मारिकको पनि सांसद सुवालले नै विमोचन गरेका हुन् ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव वुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भक्तपुर ट्रक व्यवसायी संघ विक्रम संवत् २०५६ सालमा २५ जना अगुवा व्यवसायीहरुको सामूहिक प्रयासबाट स्थापना भएको थियो । संघको संस्थापक अध्यक्ष व्यवसायी विश्वराम कवां थिए ।