गुरु गणेश साकोसको १७ औं साधारणसभा सम्पन्न


मंसिर १५, २०८१, शनिबार | दिउँसो १२:११ बजे | 40


गुरु गणेश साकोसको १७ औं साधारणसभा सम्पन्न

भक्तपुर १५, मंसिर
गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं साधारणसभा नेपाल मजदुर किसान पार्टिका केद्रिय सदस्य एवं भक्तपुर न.पा.का प्रमुख श्री सुनिल प्रजापतिको प्रमुख अतिथ्यतामा ब्रम्हायणी मन्दिर परिसरमा शनिबार सम्पन भयो ।
कार्यक्रममा प्रमुख अतिथी सुनिल प्रजापतिले साझा काम र सदस्यहरुको जीवन स्तर उकास्न हुनु पर्ने सहकारीमा दुरुपयोग हुदाँ सहकारीदेखि डराएर बचत रकम सहकारीमा जम्मा नगरि घरमा थप्रिएको ट भन्नुभयो । उहाँले समूदायमा आधारित संचालन नभई बाहिर जिल्लाबाट आई खोलेको सहकारीमा ब्यक्ति ्हरुले निक्षेप रकम लिई भागेकोले त्यस्ता सहकारी संचालनहरुको सम्पत्ति रोक्का गर्दा नगरपालिकालाई मुद्धा राखेको बताउनु भयो । उहाँले भक्तपुर नगरपालिकाभिग १८० वटा सहकारीमा १५६ वटा बचत तथा ऋण सहकारी संस्थामा अनुगमन, नियमन र साधारणसभामार्फत सचेत गरेको बताउनु भयो । उहाँले भक्तपुर नगरमा बहुउद्धेश्यीय सहकारी संस्था दर्ता नगरेको, बचत नगर्न सूचना निकालेको बताउँदैं संख्यात्मक रुपमा भक्तपुर नगरमा सहकारी बढि भएको बताउनु भयो । उहाँले भक्तपुर नगरमको सीमापाटि सहकारी संचालन गरी भनपाभित्रकै ब्याजको लोप देखाई बचत संकलन गरी भागेकोले कार्यवाहीमा समस्या देखिएको बताउनु भयो । सहकारीले सीपमूलक तालिम दिए शैक्षिक योग्यता भएकाहरुलाई रोजगारीको समस्या नहुने बताउदैं भक्तपुरर्ला शैक्षिक हवको रुपमा विकास गरेको बताउनु भयो । उहाँले एक सहकारी एक टोल सरसफाईमा प्रभावकारी नदेखिएकोले त्यस तर्फ सहकारीको हातमा जानु आवश्यक छ । उहाँले विदेशीको सहयोग बिना आफ्नै खुट्टामा उभिएर सम्पदा जिर्णोद्धार र मर्मत गरी संरक्षण गरेको बताउँद सरसफाई सम्पदा संरक्षण र शैक्षिक विकास विदेशीको लागि नभई हाम्रै लागि भएको बताउनु भयो । भक्तपुर अगाडि बढ्नु मूख्य कारण शिक्षा भएकोले शिक्षाले समाज अगाडि बढ्छ भन्नुभयो । ख्वप अस्पतालले मासिक १ करोड तलव दिएर जनताको सेवा गरिरहेको बताउनु भयो । उहाँले पूर्वाञ्चल बिश्व विद्यालयमा रजिस्टारले ख्वपमा शिक्षाको विकास नमूना भएको बताएको परिणाम हो । यहिँ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव आयोजना गर्नुको मूख्य कारण स्वदेशी तथा विदेशी पर्यटक भित्र्याई रात्री कालिन बासँ बस्ने अवस्थामा प्रवद्र्धन गर्न भएको बताउनुभयो । उहाँले पर्यटकहरुलाई बाजागाँजा, नाचगान,पर्यटन ब्यवसाय प्रवद्र्धन गरी रोजगारी र आयआर्जन बढाउने उद्धेश्य हो भन्नुभयो । यो महोत्सव हाम्रो कलासंस्कृति संस्कार देखाउने महोत्सव भएको बताउनु भयो ।
कार्यक्रममा ९ नं. वडाध्यक्ष रविन्द्र ज्याख्वले स्थानीय जनताको आर्थिक र सामाजिक स्तर उकास्न र बचत गरी आवश्यकता पूर्ति गर्न नियममा बसेर कारोवार गर्ने सहकारी संस्थाका सदस्य सबै त्यसको मालिक भन्नु हुदैं संचालक समितिलाई सहकारी राम्रो काम गर्न ३।४ बर्षलाई जिम्मा मात्र दिएको बताउनुभयो । उहाँले ब्यवसाय प्रवद्र्धन गर्न नगरपालिकाले पनि ऋण दिएको बताउदैं सहकाी बैंक नभएकोले सदस्य हितमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले भक्तपुर महोत्सव सफल पार्न विभिन्न गतिविधी गरेको बताउनु भयो । 
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्ला संघका हरि कृष्ण बल्ल, सहकारीको प्रतिनिघित्व गर्दै सिद्धि गणेश साकोसका रुद्र नारायण लाखा, सल्लाहकारहरु कृष्ण भक्त लवजू, रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुल्सी केशरी प्रजापति, प्रगति विवरण सचिव सत्यराम ज्ञामरु, लेखा प्रतिवेदन हरिकृष्ण प्रजापति, स्वागत मत्नव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, कार्यक्रम उद्घोषक सीता लक्ष्मी कोजू र गौतम कुटुवाजू रहनुका साथै कार्यक्रममा संथाका सदस्यहरुमध्ये असल बचतकर्ता, असल ऋणी, ,विशिष्ट ब्यक्ति, तःमुज्यामा संस्थाबाट गरिएको नृत्य प्रतियोगितामा सहयोग गर्नु हुने नृत्य निर्दैशक, ब्यवस्थापक र सहभागी कलाकारहरुलाई मायाको चिनो तथा प्रमाण–पत्र तिरण समेत गरेको थियो ।  

Comments