थी थी उपभोक्ता सहकारी संस्था लिको साधारण सभा सम्पन्न


मंसिर ९, २०८१, आइतबार | विहान ०४:४९ बजे | 70


थी थी उपभोक्ता सहकारी संस्था लिको साधारण सभा सम्पन्न

थी थी उपभोक्ता सहकारी संस्था लिको १५ औ बार्षिक साधरण सभा पुर्व जनप्रतिनिधि रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन भयो । सो अवसरमा प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थालाई सृढृत गर्न हाल सम्म विभिन्न समयमा ९ वटा आयोग बनाए पनि ती सवै प्रतिवेदन कार्यन्वयनको सट्टा दराजमा थन्किएको बताउनु हुन्दै भक्तपुर नगरपालिकाले नाफामुखि सहकारीलाई निरुत्साहित गरी समुदायमा आधारित सहकारीलाई प्रोत्साहन गर्ने निति लिएको कारण भक्तपुर नगरपालिका भित्र संचालनमा रहेको सहकारीमा खासै समस्या नभएको बताउनु भयो । साथै उहाँले करिव १३ बर्ष वडाध्यक्ष तथा १५ बर्ष निर्वाचित जनप्रतिनिधिको हैसियतले नगरपालिका रहन्दाका नगरपालिकाले गरेका विभिन्न गतिविधिबारे जानकारी गराउँदै भक्तपुर नगरपालिकाबाट संचालित ख्वप सर्कलका कलेजबाट शिक्षित बिद्यार्थीहरु मध्ये ४० भन्दा बढी चिकित्साक्षेत्रको कार्यालयमा जिम्मेवार तहमा बसेर काम गरिरहेको र ईन्जिनियरिङ्कका विद्यार्थीहरुले देश भरी आ आफ्नै जिम्मेवार निर्वाह गरी कार्य गरिरहेको जानकारी गराउँदै पुरानो युगले नयाँ युवालाई सेवा दिने निति नगरपालिकाले लिएको कारण भक्तपुर नगरपालिका देश विदेशको लागि नमुना योग्य नगरपालिका भएको बताउनु भयो ।साथै भक्तपुर नगरपालिकाले यहि २०८१ मंसिर २८ गतेदेखि पुष २ गते सम्म हुने भक्तपुर महोत्सवमा पनि यस सहकारीको पनि साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा विषेश अतिथि संस्थाका संस्थापक अध्यक्ष पशुपतिभक्त रायले संस्था स्थापना गर्दाको स्मरणहरु बताउँदै संस्थाले समय समयमा अतिरिक्त क्रियाकलाप गरी संस्थालाई जनमानस विच परिचित गराउनु पर्ने सुझाव दिनुभयो ।साथै थी थी उपभोक्ता सहकारी संस्था उपभोक्ता मुखि भएको कारण संस्थाको उद्देश्य अनुरुप शेयर सदस्यहरुलाई विभिन्न क्षेत्रबाट सेवा दिन सके अझ यस संस्था प्रति आकर्षण बढ्ने बताउनु भयो ।
त्यसै गरी अतिथि एव संस्थापक उपाध्यक्ष  माणिकबाबु ग्वंगले विगतमा सर्वशुलभ पसल संचालन गरेको भएता पनि सो संस्थामा अधिकाश पदाधिकारी अवकाश प्राप्त भएको कारण शारिरीक रुपले सक्रिय हुन नसकेको कारण निरन्तरता दिन नसकेको बताउँदै अहिलेका कार्य समितिलाई पुन उपभोक्ता मुखि कार्यक्रम संचालन गर्न सके संस्था स्थापना मर्म अनुसार हुने बताउनु भयो ।
कार्यक्रममा अर्का अतिथि खेलप्रेमी तथा पर्यटन व्यवशायी विनोद चरण रायले यस सहकारीको नाम अनुसार थी थी अर्थात थरी थरीका व्यक्तिहरु यस कार्य समिति रहेको कारण यस संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्दै यस संस्थाका शेयर सदस्यलाई सहकारी मार्फत दिने सेवा सुविधामा आफुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो भने खेल क्षेत्रमा लागेर विभिन्न क्षेत्रबाट आफुलाई सम्मान पाउँदा आफुलाई खेलाडी आफुलाई गर्व लागेको बताउनु भयो ।
त्यसैगरी प्रवन्धक प्रेम खर्बुजाले संस्थाका शेयर सदस्यहरुले उत्पादन गरेका वा आफुले गर्ने व्यवशाय बारे शेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले संस्थामा एउटा प्रदर्शनी कक्ष बनाउन लागेको हुन्दा शेयर सदस्यहरुको व्यवशाय प्रवर्द्धन गर्न सो कक्ष सदुपयोग गर्न अनुरोध गर्दै भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको भक्तपुर महोत्सव एउटा अवसरको रुपमा लिनु पर्ने र सवैले आ आफुमा भएको प्रतिभा देखाउने सुवर्ण अवसर भएको कारण महोत्सवमा सवैले साथ सहयोग गर्नुपर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष एव कार्यक्रमका सभापति देवचन्द्र बज्राचार्यको सभापतित्वमा भएको सो १५ औ बार्षिक साधारणमा सभापतिले संस्थाको मर्म अनुसार शेयर सदस्यहरुलाई विभिन्न क्षेत्रमा निश्चित छुटको लागि सम्झौता गरी सेवा पुर्याउँदै आईरहेको जानकारी गराउँदै संस्थाक शेयर सदस्यहरुको पनि कुनै व्यापारिक शैक्षिक वा स्वास्थ्य क्षेत्रमा छुट सुविधा दिन मिल्ने भए संस्था सँग सम्झौता गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा सचिवको प्रतिवेदन राजेश लाखा आर्थिकको प्रतिवेदन शर्मिला कोजु तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजन ईश्वर पलिखेलले बाचन गर्नु भएको थियो ।संस्थाका उपाध्यक्ष अच्युत प्रजापति तथा सदस्य बन्दना राजोपाध्ययले पनि बोल्नु भएको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष पशुपतिभक्त रायलाई संस्था तथा शेयर सदस्यहरुको दिगो विकासमा पुर्याउनु भएको योगदान स्वरुप प्रमुख अतिथि अतिथि तथा अध्यक्षद्धारा फुलमाल दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मान पनि गरिएको थियो ।

Comments