सकियो सप्तकौशिका सहकारीको १४ औं वार्षिक साधारणसभा


मंसिर ८, २०८१, शनिबार | दिउँसो १२:४१ बजे | 40


सकियो सप्तकौशिका सहकारीको १४ औं वार्षिक साधारणसभा

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा न ४ शंखधर चोकस्थित सप्तकौशिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भयो । 
संस्थाका अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्थानीय वासिन्दाद्धारा सञ्चालित समूदायमा आधारित सहकारीमा कुनै समस्या नरहेको भन्दै नगरपालिकाद्धारा जारी सहकारी ऐन र नियमावलीबारे छोटो जानकारी दिनुभयो । सप्तकौशिका सहकारीका अध्यक्ष गोविन्दकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०८०=८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी २ करोड १६ लाख ३९ हजार २ सय रुपैंया र शेयर सदस्य १७ सय ३७ जना पुगेको जानकारी दिनुभयो ।  अध्यक्ष श्रेष्ठले सुखदुःखमा, सप्तकौशिका साथमा भन्ने संस्थाको नारालाई व्यवहारमा लागु गर्दै संस्थाले शेयर सदस्यहरुको आर्थिक उन्नति र सामाजिक विकासलाई प्राथमिकता दिएको बताउनु भयो । संस्थाका कोषाध्यक्ष बालकृष्ण शुद्धकारले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०८०=८१ मा ५ लाख ९१ हजार रुपैंया संचालन नाफा भएको तथ्य प्रस्तुत गर्नु भयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि पञ्चकृष्ण श्रेष्ठ र ओस्ला सहकारीका अध्यक्ष रोशन बज्राचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । थिमि बैंक्वेटमा भएको उक्त कार्यक्रममा लेखा संयोजक शंकरप्रसाद काफ्लेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सप्तकौशिका सहकारीका अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठले संस्थामा ९ करोड ८९ लाख ७६ हजार ९३ रुपैंया निक्षेप रहेको जानकारी दिदैं संस्थाको भावी लक्ष्य तथा कार्यक्रमहरु बुदाँगत रुपमा प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव विन्दुराम श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनिता श्रेष्ठले संस्थाको हालसम्मको छोटो गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments