ऋण असली र धितो लिलाम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


मंसिर २, २०८१, आइतबार | विहान ०४:३४ बजे | 40


ऋण असली र धितो लिलाम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा शनिबार महेश्वरीस्थित संस्थाको सभाकक्षमा ऋण असुली र धितो लिलाम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न सम्पन्न भयो ।
औपचारिक कार्यक्रममा संथापक अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री हरिराम लवजूले आर्थिक मन्दीका कारण धेरै बैंक र सहकारीहरुमा भाका नाघेका ऋणीहरुको संख्या बढ्दै गएको अवस्थामा ऋण असुली सम्बन्धी जानकारी सहकारीका सञ्चालकहरु र ब्यवस्थापनमा रहने कर्मचारीहरुले राख्नै पर्ने बताउनुभयो । संस्थाका अध्यक्ष श्री विश्वबहादुर दुवालले ऋण असली र धितो लिलाम सम्बन्धी अभिमुखिकरण कार्यक्रम संस्थामा ऋण असुलीमा देखिने समस्यालाई समाधान गर्न सहज हुने विश्वास ब्यक्त गनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष श्री रामकृष्ण मानन्धर, लेखा सु.समिति संयोजक श्री कृष्णराम दुवालले आ–आफ्नो धारणा ब्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष श्री विश्वबहादर दुवालको सभातित्वमा सम्पन्न कार्यक्रममा सचिब श्री लक्ष्मीप्रसाद प्रजापतिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष श्री रामबहादुर मानन्धरले स्वागत गर्नुभएको थियो ।संस्थापक अध्यक्ष एवम् प्रबन्ध निर्देशक हरिराम लवजूले ऋण असुली र धितो लिलाम सम्बन्धी प्रकृयाको बारेमा सहभागिहरुलाई प्रशिक्षित गराउनुभएको थियो । कार्यक्रममा सञ्चालक समिति ब्यवस्थापनका कर्मचारीहरु लगायत २३ जनाको सहभागिता रहेको थियो ।

Comments