सकियो गुरु गणेश साकोसको संयुक्त भेला
कार्तिक २९, २०८१, बिहीबार | विहान ०७:४७ बजे | 65
भक्तपुर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं स्थापना दिवसको अवसर संयुक्त भेला कार्यक्रम संस्थाको सभाकक्षमासम्पन्न गरियो ।
कार्यक्रममा सल्लाहकार राम कृष्ण प्रजापतिले सहकारीको स्थापना दिवस मनाउनुको अर्थ संस्थाको इतिहास र योगदानको सम्मान गर्न, सदस्यहरुमा गर्व र आत्मियता जगाउन, सकारात्मक उर्जा र उत्पे्ररणा जगाउन, सहकारीबारे चेतना दिन र समिक्षा र नयाँ लक्ष्य निर्धारण गर्नको निम्ति हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीको सफलताको शुभकामना दिँदै स्थापनाकालमा थोरै संख्यामा सदस्य भएको सहकारीमा हाल हजार भन्दा बढी सदस्य भएको बताउँदै संस्थाको प्रगतिको शुभकामना समेत दिनु भयो । उहाँले संस्थाका सहकारीकर्मीहरुले संस्थाको अवस्था र गतिविधीहरुबारे जानकारी राखि राख्नु पर्नेमा जोड दिनुभयो । उहाँले स्थापना दिवसको अवसरमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै हाम्रो एक थोपा रगतले कसैको ज्यान बाँच्छ भने त्यो जतिको पुण्यको काम अरु हुन सक्दैन त्यसैले हाम्रो खेर गई रहेको रगत दान गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा अर्का सल्लाहकार काशिलाल प्रजापतिले टोल–टोलको पाटीपाटीमा भजन गरिरहनेले धर्म कमाउन आएको हुनाले त्यसबाट नगद प्रतिफलको आशा राख्न नहुने कुरा बताउदैं हामी सहकारीकर्मीहरु निःस्वार्थ रुपमा सेवा गर्नु पर्नेमा बिशेष जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले १८औं स्थापना दिवसको अवसरमा २०८१ मंसिर १ गते, शनिबार, बिहान ८ः०० बजेदेखि बिहान ११ः०० बजेसम्म भक्तपुर–९, च्याम्हसिंह (ख्वप अस्पतालको अगाडि ) स्थानमा हुने खुल्ला रक्तदान कार्यक्रमबारे जानकारी गर्दै सबैजना समयमै उपस्थितको लागि समेत आब्हान गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, कोषाध्यक्ष तुल्सी केशरी प्रजापति, रामकृष्ण लावजू, चम्पा ज्ञामरु, सिद्धान्त प्रजापति, राजु बजिकों, लेखा संयोजक हरिकृष्ण प्रजापति र उद्धोषक सत्यराम ज्ञामरुले कार्यक्रम संचालन गर्नु भयो ।