देश राम्रो बनाउन आदर्श राज्य व्यवस्था आवश्यक


कार्तिक २५, २०८१, आइतबार | विहान ०४:१६ बजे | 0


देश राम्रो बनाउन आदर्श राज्य व्यवस्था आवश्यक

राजु तामाङ, काभ्रे 
देश र जनताको सुख शान्ति समृद्धि र उन्नत समाज निर्माणको निम्ति एक आदर्श राज्य व्यवस्था आवश्यक छ।यस्तो व्यवस्था ल्याउन देशमा राम्रो दिशा निर्देश गर्न सक्ने राजनीतिज्ञ,दार्शनिक वा चिन्तक,राजनेता,लेखक र कार्यकर्ताहरुको खाँचो छ।नेता,मन्त्री,साङ्सद,जनप्रतिनिधि,
कार्यकर्ताहरु तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारीहरु,
प्रशासनिक क्षेत्रमा काम गर्नेहरू असल र ईमानदार नभएसम्म आआफ्नो पदीय जिम्मेवार ईमानदारीपूर्वक नगरेसम्म देशमा न सुशासन हुन्छ,न त विधिको शासन नै हुन्छ।तर देशको शासकहरु ईमानदार भएनन आआफ्नो कर्तव्य र अभिभारा देशप्रति ईमानदार भएर निर्वाह गरेनन्।
यही कारण यहाँ अराजक गतिविधि भइरह्यो।आपराधिक घटनाहरु दोहोरीरह्यो।भ्रष्टाचारले गहिरो रुपमा जरा गाडिरह्यो। पक्षपात र विभेद भयो।हत्या ,हिंसा,बलात्कार,संगठित अपराधहरु तीब्र रूपमा भइरह्यो।बेपत्ता पार्ने,तोडफोड गर्ने,मानव बेचबिखन गर्ने,
लुट्ने,घुस खाने,चोरीचाकरी गर्ने र अनियमितता गर्ने काम
रोकिएन।पुजीवादी व्यवस्थामा न्याय र समानता पाउँदैनथ्यो।
शासकहरु नैतिकवान र चरीत्रवान हुँदैनथे।यसकारण कम्युनिस्ट पार्टीहरु शोषणरहित समाज स्थापना गर्न लागिपरेका हुन्।एकले अर्कोलाई नदबाउने,शोषण नगर्ने,समाजवादी व्यवस्था स्थापना गर्न मार्क्सवाद,लेनिनवाद र माओत्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै,नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारविरुद्ध संघर्ष गर्दै नेपाल मजदुर किसान पार्टी लागिरहेको हो। नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा तथाकथित संशोधनवादी र वामपन्थी अवसरवादी  एवम् छदमभेषी शासक कम्युनिस्ट पार्टीहरु एमाले र माओवादीसङ्ग सैद्धान्तिक मतभेदको आधारमा संघर्ष गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशा निर्देश गर्न प्रकाशस्तम्भको रूपमा नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि नै पृथक भएर सडक र सदनमा कामदार वर्गको आवाज बुलन्द गर्दै आइरहेको कुरा घाम जतिकै छर्लङ्ग भएको सर्वविदितै छ।
वर्गीय समाजमा वर्गसंघर्ष हुनु स्वभाविक नै हो।बहुमत जनताको गाँस ,बास र कपासको व्यवस्था नभएसम्म या जीवन सुनिश्चित नभएसम्म संघर्ष भइरहन्छ।पुजीवादी व्यवस्थामा प्रजातान्त्रिक अधिकार भए पनि शोषणको अन्त्य हुँदैन।वर्गीय समानता नभएसम्म संघर्ष रोकिने छैन।समाज अघि बढाउन नयाँ पुस्ताका युवा विद्यार्थीहरु सक्रिय हुनु आवश्यक छ।नयाँ पुस्तामा सैद्धान्तिक र राजनीतिक कक्षा सञ्चालन गरिरहनुपर्छ।जनताले न्याय र समानता मात्र होइन छाना,नाना र दाना नभएसम्म यहाँ शान्ति हुनेछैन।कम्युनिस्टको सरकारले योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने व्यवस्था गर्छ,साथसाथै उत्पादनको प्रमुख साधनहरु सामाजिकीकरण गर्ने,व्यक्तित्त्व विकासमा समान अवसर प्रदान गर्ने,शिक्षा,स्वास्थ्य पूर्णरूपमा निशुल्क गर्ने,क्रान्तिकारी भूमि सुधार लागू गर्ने,देशलाई औद्योगिकरणको दिशामा डोहो¥याउने र सम्पत्तिमा निजी स्वामित्वको अन्त्य गर्न संघर्ष गर्ने काम गर्दछ।तसर्थ हाम्रो देशमा पटकपटक सरकारको नेतृत्व गरेर यी सबै गरीब कामदार जनताको हितसङ्ग सम्बन्धित काम नगर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र भन्दै जातीय मुक्तिको कुरा गर्दै सम्प्रदायवादको पक्षपोषण गरेर पुजीवादी गणतन्त्रको सरकारमा गएर कामदार वर्गलाई शोषण र शासन गर्ने शासक पार्टी एमाले र माओवादी कम्युनिस्ट पार्टी होइनन् ।बरु यिनीहरू कम्युनिस्टको खोल ओढेको पुजीवादी पार्टीहरु नै हुन् ।त्यसैले प्रजातान्त्रिक र कम्युनिस्ट भनिने शासक दलहरू सिद्धान्त र विचारमा अडिग नभई अवसरवादी हुँदा देश र जनताको हितमा काम भएन।बहुमत जनताको सेवा गर्ने नाममा कम्युनिस्ट शासक दलहरू पुजीवादी व्यवस्थामा सामेल भएदेखि नेपालको कम्युनिस्ट पार्टी र नेपालको कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक अवस्थामा पुगेको हो।
पुजीवादी व्यवस्थाको सरकारले पुजीपति वर्गको सेवा गर्छ,
उनीहरूको हकहितमा ऐन,कानून बनाउँछ।मोही कायम नहुँदै 
द्वैध स्वामित्वको अन्त्य र कमैयामुक्त घोषणा किसान र उत्पीडित जनताको अहितमा छ,या पुँजीपति र जमिन्दारहरुको हितमा छ।योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोबस्त नगर्नु एक प्रकारको आर्थिक शोषण नै हो।देशमा रहेको श्रोत र साधन पनि देशले उपयोग गर्न अर्थात सरकारले उपयोग गर्न सकेन।देशको निम्ति आवश्यक सामग्री विदेशीहरुसङ्ग मागेर विदेशीको सहयोगबाट बजेट तयार गरेर देश कहिले पनि आत्मनिर्भर हुने छैन।देशका शासकहरु नेपाल र नेपाली जनताको भन्दा पनि विदेशी शक्ति राष्ट्रहरुको स्वार्थ पूरा गर्न लागे।नेपाल र नेपाली जनताहरुलाई परेको मर्काबारे नेपाली शासकहरु भारत र अमेरिकाको अगाडि भन्दैनन,भन्ने हिम्मत गर्दैनन्।
अरु देशदेखि डराउने शासक दलहरूले देश बनाउने होइन देश डुबाउने काम गरिरहेका छन्।
कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको हकहितको निम्ति प्रयत्नशील रहनुपर्छ।देशको सार्वभौमिकता,भूअखण्डता र स्वतन्त्रता जोगाउने काममा दत्तचित्त हुनुपर्दछ।शोषित पीडित जनताको संघर्षमा अर्थात कामदार वर्गको न्यायपूर्ण संघर्षमा साथ दिनुपर्छ।ऐक्यबद्धता जनाउनुपर्छ।हरेक साँचो कम्युनिस्टहरु अन्तर्राष्ट्रवादी हुन्छन्।अन्तर्राष्ट्रवादी भावना अनुसार विदेशी थिचोमिचो,हस्तक्षेप,शोषण र दमनको विरोध गर्नुपर्दछ।कम्युनिस्ट पार्टीले वर्गशत्रु खुशी पार्ने काम गर्दैनन्।
वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको विरोध गर्नुपर्छ।राजनीतिलाई निस्वार्थ रूपले इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित गर्नुपर्छ।अराजकता,आत्मसमर्पण 
सङ्कीर्ण र जातीय साम्प्रदायिक भावनाको निन्दा र विरोध गर्नुपर्छ।भ्रष्टाचारविरोधी आन्दोलन र जालीफटाहाविरोधी आन्दोलनको मर्म आत्मसात गरि गन्तव्यमा अगाडि बढ्नुपर्छ।मार्गनिर्देशक सिद्धान्त अनुसार पार्टीले काम गर्नुपर्छ।सिद्धान्त र विचार बन्धक राखी काम गरेमा देश गलत 
ठाउँमा पुग्छ,देशमा अराजक र अस्थिरता निम्तिन्छ।शासकहरु पद,पैसा र भागबन्डामा भुलेर देशको आर्थिक अवस्था नाजुक हुँदै आर्थिक संकट देखियो भने देश कसरी बन्छ?यसकारण राजनीति दलको सिद्धान्त र विचार बहुमत जनताको पक्षमा हुनुपर्छ र तदनुसार काम गर्नुपर्दछ वा राजनीति गर्नुपर्दछ।

Comments