पाठकपत्र ः त्यसैले भक्तपुरको मन्त्री चाहियो ?


कार्तिक १८, २०८१, आइतबार | विहान ११:१३ बजे | 0


पाठकपत्र ः त्यसैले भक्तपुरको मन्त्री चाहियो ?

कार्तिक १७ गते भक्तपुर क्याम्पसमा भुपु प्रम वा भावी प्रम हुनेको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान भएको कार्यक्रममा भक्तपुरका बारका अध्यक्ष एवम् चार ताराका स्थानीय नेता भनाउँदाको फेसबुकमा दशैं, स्वन्ति नखा (तिहार) मनाउनेबारे र भक्तपुर क्याम्पसले ओगटेको भाजु पोखरीको डिल खोलेकोबारे जोडेर दुर्लभलाई मन्त्री नदिएको गुनासो सहित जनतालाई भ्रम पार्ने गरी थुतुनो चलाएको देखिन्दा म लेखक अचम्म भएँ । 
मलाई थाहा छ म बच्चादेखि नै भक्तपुरमा चाडपर्व मनाउने क्रममा केही अलमल भएमा नवदुर्गा भवानी र तलेजु भवानीले जुनबेला मनाउँछ त्यतिवेला मनाउने चलन र मेरा आमाबुवा अभिभावकले भनेको मलाई थाहा छ । त्यही चलन अनुसार भक्तपुरका जनतालाई अलमल नहोउन् भनेर भक्तपुर नगरपालिकाले तलेजु र नवदुर्गाको जोशी र आचाजुको निर्णय अनुसार तलेजु र नवदुर्गाले मनाउने चाँडपर्व अनुसार मनाए एकरुपता ल्याउने गरी सहजीकरण गरेको थियो । दशैं र तिहारमा सोही अनुसार भक्तपुरका जनताले चाँडपर्व मनाए पनि । त्यहि विषयलाई लिएर राष्ट्रिय क्यालेण्डमा प्रकाशित तिथिमितिलाई बङ्ग्याएर नगरपालिकाको निर्णय मान्न बाध्य बनायो, त्यसैले भक्तपुरको मन्त्री चाहियो भनेर माग र गुनासो गरे । अहिलेसम्म सरकारमा गएका शासक दलहरुले फुट गर राज गर भने जस्तै नेपाली जनताहरुलाई गुमराहमा पारेर नेपाल मण्डल लगायत नेवार समुदायले हर्ष उल्लासका साथ मनाउने स्वन्ति नखा अर्थात तिहार सरकारले जनतालाई अलमालउने गरी तिथि मिति निकाल्दा समस्या भएकोले भक्तपुर नगरपालिकाले त्यसलाई सहजीकरण गर्यो । त्यसमा उसलाई टाउको दुखाई किन ? दुर्लभलाई मन्त्री नदिएको रिस हो कि ? जनतालाई भ्रम छरेर नेवारहरु बीच द्वन्द सृजना गर्न खोजेको हो अथवा गलत राजनीति वा कुनीति हो ? मैले बुझ्न सकेन । मन्त्री बन्नु भनेको दालभात खाने जस्तो होइन । देशको सन्तुलित र चौतर्फि विकास गर्नु हो । नातावाद, कृपावाद, भष्ट्राचार गर्न मन्त्री बन्ने होईन । दलगत स्वार्थ र आफ्नो व्यक्तिगत स्वार्थको निम्ति राजनीति गर्ने भए पशु र मानिसमा फरक के रह्यो ? मानिस सर्वश्रेष्ठ प्राणी हुनु भनेको सत्यको पक्ष, अन्यायको विरुद्ध र जनताको सेवा गर्ने सोच विचार गर्न सक्ने र राम्रो नराम्रो, न्याय अन्याय, सत्य र असत्य छुट्याउन सक्नु हो । त्यसको निम्ति मन्त्री बन्ने हो । शिक्षा स्वास्थ्य निःशुल्क बनाउन मन्त्री बन्ने हो । नत्र अरु मन्त्री हुनुमा र दुर्लभ हुनुमा भिन्नता नै के हुन्छ । बहुदल र गणतन्त्र आएको बर्ष भन्दा बढी मन्त्रीहरु भई सक्यो तर देशको दुर्दशा दिन दुई गुणा रात चौगुणा खराब हुन्दै गयो । शंखधर साख्वाले ऋण मोचन गर्यो । तर अहिलेसम्मको सरकारले जनताको थाप्लो पर व्यक्ति पचासी हजार भन्दा बढी ऋणमा दुवायो । नेपालको बैदेशिक ऋण २० खर्व ७ अर्व पुगिसक्यो । यसरी नै देश दुवाउन मन्त्री बन्ने हो कि ? देशलाई आत्मनिर्भर र जनतालाई काम मामको ग्यारेन्टि गर्न मन्त्री बन्ने त्यसमा हेक्का हुनुपर्छ । मन्त्रीहरुको नामावलीमा नाम थप्न मन्त्री बन्ने होइन ।
नेपाल मजदुर किसान पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचार धारालाई मार्ग निर्देशक सिद्धान्तको रुपमा ग्रहण गर्छ । त्यसले भौतिकवादी सिद्धान्तलाई जोड दिन्छ । अझ भनौं माक्र्सको द्वन्दात्मक भौतिवादी सिद्धान्तलाई अंगिकार गरी अगाडि बढेका हुन्छ । धर्मलाई कम्युनिष्टहरुले अफिमको रुपमा लिन्छ । पुरानो बस्तुले नयाँ पुस्तालाई सेवा गर्नुपर्छ भने माओको भनाईलाई सिरोपर गरी “पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भने नारालाई अगाडि सारेर जनताको सेवा गर्दै ख्वप अस्पताल र ख्वप कलेजहरु खोलेर देश भरिका जनताको सेवा गरि रहेको छ । त्यस्तो सोचका नेता कार्यकर्ताहरुले जितेका भक्तपुर नगरपालिका जनप्रतिनिधिहरुले जनताले मनाउने चाडपर्वमा विभेद नहोस् भन्ने खातिर एकरुपता ल्याउन गरेको निर्णय विरुद्ध शुभकामना आदान प्रदानमा बोल्नु कतिको उचित छ ? जनतालाई भिडाउने कुरा राख्नु कतिको जायज छ ? भक्तपुरका चारतारा वकिलसाप ! स्वय्म चारताराका नेता कार्यकर्ताहरुले उक्त भनाईलाई निको मानेको छैन । 
त्यस्तै विवादास्पद कुरा अर्को भाजु पोखरीको डिल खोलेर भाजु पोखरीको रौनक बढाउने काममा भक्तपुर नगरपालिकाले गरेको कार्यमा सकारात्मक लिनुपर्नेमा त्यसमा पनि भ्रम सिर्जना गर्ने कुरा बोल्यो । मानौं भक्तपुर क्याम्पस उसको बौको बपौत्ति । भक्तपुरका जनताले चन्दा उठाएर बनाएको त्यही जनताको जग्गा अधिग्रहण गरेर बनाएको भक्तपुर क्याम्पस जनताको सम्पत्ति हो । भक्तपुर नगरपालिकाले भाजु पोखरी पुनःनिर्माण गरेर चिटिक्क बनाई सकेकोमा बाह्य र आन्तरिक पर्यटकहरुले डिल नखोल्दा गरेको गुनासो अनुसार भक्तपुर क्याम्पसले कभर गरी घाँस र झारपाट उमारि राखेको ठाउँलाई भाजु पोखरीको डिल खोलेर क्याम्पसको शोभा बढाउने कार्यमा दाहा किन ? भक्तपुर क्याम्पस राम्रो भएपछि त्यहाँबाट गुणस्तरीय शिक्षा पाएपछि छलछामको राजनीति गर्न नपाउने डरले क्याम्पसलाई द्वन्दमा राखेर भक्तपुर लागायत विभिन्न जिल्लाबाट अध्ययन गर्न आउनेहरुलाई शिक्षाबाट बञ्चित गरेर अँध्यारोमा राख्ने नियत मैले अनुभव गरे । त्यसैले असल राजनीति गर्ने हरेक पार्टीका नेता कार्यकर्तालाई अगाडि भन्न नसके पनि मनमा उक्त वकिलको कुरा मन पराउँदैन होला । विवादास्पद भनाईहरु राखेर क्रान्तिकारीपन देखाउने दुवास्वप्न देख्ने अथवा नेमकिपालाई गाली गरेपछि पार्टीमा आफ्नो उचाई बढ्ने र माथिल्लो पदमा लाने अभिप्रायले बोेलेको हो भने पद र पैसाको लागि गर्ने राजनीतिले देश र जनताको हित पक्कै गर्दैन् । त्यस्तो राजनीतिले खासै अर्थ पनि राख्दैन् । त्यसैले थुतुनो चलाउने बेलामा त्यसले के दुरगामी असर पर्छ भन्ने हेक्का राजनीतिक व्यक्तित्वले राख्नै पर्छ नत्र त्यसले आफैलाई खाल्डोमा हाल्ने छ र जनताले पनि धृणाको पात्र बनाउनेमा दुईमत नहोला । न्हुँदया भिन्तुना ! नेपाल सम्बत, राष्ट्रिय सम्बत ! नेपाल सम्बत ११४५ को अवसरमा सबैलाई शुभकामना !  आर के विद्रोही

Comments