बेलैमा सचेत होऔ
कार्तिक १७, २०८१, शनिबार | विहान ०६:०५ बजे | 40
यज्ञबहादुर कार्की
यो देश बनाउँदछौ भन्नेहरु धेरै आए, गए । गिरिजाप्रसाद, कृष्णप्रसाद, गणेशमान, माधवकुमार, बाबुराम, खडग ओली, झलनाथ अनि शेरबहादुर आदि । त्यसैगरी सहर वनाउँछु भन्नेहरु बिद्यासुन्दर, पदमरत्न तुलाधर, केशब स्थापित आदि । तर गए कहा ? गरे के ?
आए, खाए, गए भन्दा अरु छ केही महोदय ? खान त राणाहरुले पनि खाए । केही भौतिक विकाश पनि गरे । शाहहरु पनि आए । केही भौतिक बिकाशहरु पनि गरे । तर आफ्नालाई खुवाए, आफुहरुले खाए अनि गए । त्यस्तै त भयो यो दलिय व्यवस्था पनि ।
महेन्द्रले दलीय व्यवस्था माटो र संस्कारले फाफसिद्द हुने छैन भने । आखिर सत्य सावित बनाइदिए अरुले । अब सवैमाथि प्रश्न चिन्ह पनि उठ्यो, उठाइयो, कहाँ छ निस्पक्षता ? कहाँ छ कानुनी राज ? झण्डै लोकतान्त्रिक ब्यबस्थामा खरावीकै वाहुल्यता हुन्छ भन्ने सत्य साबित भइदियो ।
आखिर यत्रो बितृष्णा किन ? कहाँ पु¥याउँदछ यसले देशलाई ? सोचेर निर्णय लिने अबस्था आइसक्यो । अब राजनीतिक चेतना बढाएर असलकर्मीलाई छानौ, अन्यथा पश्चातापबाहेक अरु हात लाग्ने देखिदैन । बेलैमा सचेत होऔ ।