नेपाल भाषा साहित्य तःमंज्याले निकाल्यो भिन्तुना रयाली
कार्तिक १६, २०८१, शुक्रबार | विहान ०६:०६ बजे | 40
भक्तपुर । नेपाल भाषा साहित्य तःमुंज्या मु गुथि ख्वपले शुक्रबार भक्तपुरमा नेपाल सम्वत् ११४५ को अवसरमा भिन्तुना रयाली (शुभकामना रयाली) निकालेको छ । नगरको दुई स्थानबाट रयाली सुरु भएको थियो । वडा नं १ देखि ५ सम्मका लागि तःमारीबाट र ६ देखि १० सम्मका लागि सुजमारीबाट रयाली सुरु भएको थियो । रयाली नगर परिक्रमा गरी दरवार क्षेत्रमा पुगेर सभामा परिणत भएको थियो । सभामा सांसद प्रेम सुवाललगायतले बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...