संगीतमय भजन कार्यक्रम सुसम्पन्न
कार्तिक १३, २०८१, मङ्गलबार | विहान ०२:०५ बजे | 40
भक्तपुर । भक्तपुर नगरको मङ्गलाछें टोलमा वि. सं. १९९३ मा यस श्री श्यामसुन्दर रास भजन मण्डलको स्थापना भएको थियो । यस भजनघरमा श्रीकृष्ण, राधा र रुक्मिणीका सुन्दर प्रतिमाहरू स्थापना गरिएका छन् । स्थापनाकालदेखि हालसम्म यहाँ नित्य भजनकिर्तन सञ्चालन भई आएको छ । वि. सं. २०७२ को विनाशकारी भूकम्पले यस भजनघरलाई ठूलो क्षति पु¥यायो । यसको पुनर्निर्माणका लागि यसै भजनका भजनिया डा. इन्दुल के. सी. को अध्यक्षतामा गठित पुनर्निर्माण समितिको सक्रिय पहलमा रु. १,५०,००,०००÷– (रु. एक करोड पचास लाख) को लागतमा विभिन्न दाता, भक्तजनहरूको सहयोग तथा भक्तपुर दरबार हेरचाह कार्यालयको उल्लेखनीय आर्थिक सहयोगमा यो चारतले भजनघरको निर्माणकार्य वि. सं. २०७७ सालमा सु–सम्पन्न भयो । यहाँ धार्मिक सत्सङ्ग, पर्वपूजा, प्रवचन, कथावाचन लगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भईरहेका छन् ।
२०८१ साल कार्तिक १२ गते सोमबार रमा एकादशीको दिन यस भजनमा श्री बाराही पीठ अखण्ड भजन मण्डलका भजनियाहरुबाट संगीतमय भजन प्रस्तुत गरियो । उहाँहरुको भजन प्रस्तुतीको लागि यस भजनका व्यवस्थापक डा. इन्दुल केसीद्वारा श्री बाराही पीठ अखण्ड भजन मण्डललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।